
नागरिकलाई बैंकिङ ऋण दिलाउन र ब्याजदर नियन्त्रण गर्न माग गर्दै आईटी आर्मीले आन्दोलन गर्ने

चेरवन्त खबर डेस्क
प्रभु साह नेतृत्वको आम जनता पार्टीले गठन गरेको आईटी आर्मीले नागरिहरुलाई बैंकबाट सजहजरुपमा ऋण उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्ने भएको छ ।

आइतबार रौतहटमा जिल्लाको कटहरिया विवाह भवन अवस्थित सभा हलमा भेला गर्दै आम जनतालाई बैंकिंग ऋण दिलाउन र बैंकको मनोमानी ब्याज बढ़ाउने कार्य रोक्न आम आन्दोलन गर्ने निर्णय गरेको आजपाले जनाएको छ ।

आजपाका महासचिव उपेन्द्र साहको प्रमुख आतिथ्यता एवं पार्टी उपमहासचिव कुन्दन कुशवाहा र पूर्व प्रतिनिधिसभा सदस्य एवं पार्टी सचिव समिना हुसेन कटहरिया नगरपालिकाको पुर्व मेयर एवम आजपाका युवा नेता सियाराम कुशवाहा लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न उक्त भेलाले संबवधान दिवसको दिन संविधानको विरोधमा विभिन्न कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

साथै उक्त भेलाले जयलाल महतोको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी समेत घोषणा गरेको आइटी आर्मी मधेश प्रदेशको अध्यक्ष नरेश साह तुरहाले जानकारी दिएका हुन् ।
