सिम्रौनगढ नपाको कामकाजमा नगरप्रमुख कलवार बाधक बन्दै

0 0
Ads here
Read Time:3 मिनेट, 24 सेकेन्ड

अनिल पाण्डे, कलैया

बिगत लामो समयदेखि सिम्रौनगढ नगरपालिका बिवाद चल्दै आएको सर्वविदितै छ। जनप्रतिनिधिहरुको विवादले शिक्षकहरुले महान पर्ब दशैं, तिहार र छठ पर्वमा समेत तलब भत्ता नपाएको भनि नगरपालिकाको मुल गेटमा नै धर्ना बसेका थिए। उक्त समयमा तलब भत्ता नपाएको भन्दै मानसिक तनावले एक जना शिक्षकको समेत मृत्यु हुन पुगेको थियो।

raining add

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकोले पचरौता नगरपालिकामा कार्यरत रहेका महेश मिश्रलाई सिम्रौनगढमा सरुवा भएको खण्डमा मिश्र नगरपालिकामा हाजिर हुने विवाद हुँदा प्रहरीको गोलि लागि एक जना सर्वसाधारणको मृत्यु समेत हुन पुगेको थियो।

tamagadhi mart

त्यस पछी जिल्ला प्रशासन कार्यालय बारामा तत्कालिन प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षता भएको छलफलबाट सिम्रौनगढ नगरपालिकाको बिशेष नगरसभा गर्ने गरी सहमति भई कामकाज सँचालन भएको थियो।

Breast Feeding Ads

बिशेष नगर सभा सिम्रौनगढ नभई जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिको सभापति नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएतापनि सिम्रौनगढ नगरपालिकाको कर्मचारीको तलबभत्ता बाहेक अन्य भुक्तानी हुन सकेको छैन।

Kolhabi Ads

साथै चालु आर्थिक वर्ष २०८०र०८१ को चैत मसान्तसम्ममा नगरपालिकाको कुनै पनि योजना समेत सँचालन हुन सकेको छैन। भने आर्थिक बर्ष २०७९र०८० को बाँकि बक्यौता समेत भुक्तानी हुन सकेको छैन।

आर्थिक बर्ष २०७९र०८० मा प्रमुख प्रशासकीय अधिकृत मिश्र र लेखा अधिकृत मुकेश साह उक्त नगरपालिकामा कार्यरत नरहेकोले बाँकि बक्यौता भुक्तानी गर्नमा समस्या भएको कार्यालय श्रोतको दाबी रहेको छ। साथै उक्त बाँकि बक्यौता भुक्तानी गर्न कार्यालय प्रमुख मिश्र र लेखा अधिकृत साह नगरप्रमुख किशोरी प्रसाद कलवारलाई बाँकि बक्यौता भुक्तानी गर्न रहेको खर्च बारे कार्यपालिकाबाट निर्णय गराई दिन बारम्बार आग्रह गरेपनि नगरप्रमुख कलवारले चासो नदेखाएको आरोप रहेको छ।

यस बिषयमा नगरप्रमुख कलवारसँग हाम्रो सम्बाददाताले कुरा गर्दा बिशेष नगरसभाबाट आर्थिक वर्ष २०७९र०८० को बाँकि बक्यौता भुक्तानी गर्न निर्णय भईसके पनि कार्यालय प्रमुख र लेखाअधिकृतले भुक्तानी गर्न आनाकानी गर्दै आएको बताएका छन्। लेखा अधिकृत साहले आनाकानी गर्ने गरेकोले बिकल्प खोजी नगरपालिकालाई सँचालन गर्ने समेत बताएका छन्।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।