रौतहटको मर्यादपुर स्थित दलित बस्तीमा आगलागी, घर गोठ लगायत चार वटा चौपाया जलेर नष्ट

0 0
Ads here
Read Time:1 मिनेट, 48 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर २ मर्यादपुर स्थित एकीकृत दलित बस्तीमा गएराती आगलागी भएको छ । सो आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार वटा चौपायाको मृत्यु भएका छन्।

raining add

उक्त आगलागीबाट जगदेव महरा चमार , ,रामचन्द्र महरा चमार र ब्रम्हदेव महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। घर गोठभित्र रहेका गैस सिलिन्डर, खद्यान्न समाग्री, लत्ताकपडा पुर्ण रूपमा जलेर नष्ट भएका छन् भने ४ वटा बाख्राको मृत्यु पनि भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी नायब निरिक्षक कुशल बर्तौलाले जानकारी दिए।

tamagadhi emergency add

आगलागीबाट पाँचलाख ४५ हजार रुपैयाँ बराबरको क्षती भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले बताएकी छिन। आगलागीलाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Breast Feeding Ads

गर्मी शुरु भए संगै हावाहुरी चल्न थाले पछि रौतहटमा दैनिकजसो आगलागीको घटना भईरहेको छ। जिल्लाको १८ स्थानियतह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रण गर्नमा समस्या भइरहेको स्थानियहरुले बताए ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।