अमेरिकाबाट हुलाक मार्फत आएको लागु औषध सहित १० जना पक्राउ

0 0
Royal job Link
Read Time:3 मिनेट, 15 सेकेन्ड

चेरवन्त खबर डेस्क

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्।

raining add

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ। ​

tamagadhi emergency add

उनीहरूमाथि लागू औषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ। पक्राउ परेकाहरूलाई आज सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरिएको बताए।

Breast Feeding Ads

प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो। उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो।

Kolhabi Ads

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ। सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो। उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ।

हुलाक मार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ। उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो। उनीहरूको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ।

ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।