सरकारले १८ वर्ष माथिका सबैलाई फागुन १ गतेदेखि बुस्टर डोज दिने तयारीमा

0 0
Royal job Link
Read Time:4 मिनेट, 17 सेकेन्ड

चेरवन्त खबर डेस्क

सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो ।

raining add

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा अहिले सबै गर्भवती महिलालाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो ।

tamagadhi emergency add

ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक ठाउँमा खोप केन्द्र निर्धारण गरेर दैनिक रूपमा खोप प्रदान भइरहेको तथा दैनिक आवतजावत गर्ने ठाउँहरू जस्तै:– बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रवेश नाकाहरूमा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो ।

Breast Feeding Ads

अहिलेसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० डाेज खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६ सय एक डाेज खोप लगाइसकिएको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

Kolhabi Ads

यस्तै कोभिड–१९ स्वाब परीक्षणको मूल्य निजी अस्पतालका प्रयोगशालामा दुई हजार रुपैयाँबाट घटाइ एक हजार पाँच सय रुपैयाँ तथा सरकारी स्वास्थ्य संस्थामा एक हजार रुपैयाँबाट घटाइ आठ सय रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवामार्फत परामर्श सेवा प्रदान गर्न सुरु भएको, भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुहरूमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९० प्रतिशतको स्क्रिनिङ भइरहेको तथा स्क्रिनिङ भएकामध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको जानकारी दिइएको छ । त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाइएको छ । उज्यालो

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।