सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्षले भनिन, ‘कार्यालय अध्यक्षको मात्रै बपौती हैन’ लगाईन् ताल्चा

0 0
Ads here
Read Time:4 मिनेट, 5 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको दर्ता चलानी फाँटमा गाउँपालिकाकी उपाध्यक्षले ताला लगाएकी छिन् । गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीले श्री नेपाल राष्ट्रिय मा.वि. महुवनको पत्र दर्ता चलानीका लागि पठाएउँदा कार्यालय सहयोगी उपेन्द्र पासवानले दर्ता गर्न अस्विकार गरेपछि केहीबेर भनाभनसमेत भएको थियो ।

raining add

पत्र दर्ता गर्ने पासवानले गाउँपालिकाका अध्यक्षको निर्देशनबिना उपाध्यक्षको पनि चलानी दर्ता गर्न नदिने बताएकाले चलानी दर्ता नहुँदा उपाध्यक्ष चौधरीले दर्ता फाँटमा ताला लगाएकी हुन् । चलानी दर्ता गर्ने पासवानलाई नियुक्ती माग्दा नियुक्ति समेत नरहेको उपाध्यक्ष चौधरीको भनाई छ । उपाध्यक्ष चौधरीले भनिन्, ‘नियुक्ती देखाउु भन्दा पनि छैन, मेयर सावको कर्मचारीको हो कि गाउँपालिकाको ? मेरो चिठी दर्ता हुँदैन भने अरुको पनि हुँदैन । उहाँको मात्रै बपौती हैन नी गाउँपालिका, सबैको हो ।’

tamagadhi emergency add

पासवानलाई गाउँपालिका अध्यक्ष प्रदिप कुमार जैसवालले आफुखुशी राखेको उपाध्यक्ष चौधरीको आरोप छ । दर्ता चलानीमा पनि मिती खाली राखेर आफ्नो मनोमानी ढंगले कागज मिलाई दर्ता चलानी हुने गरेको उपाध्यक्षले आरोप लगाएकी छिन् । उपाध्यक्ष चौधरकिाअनुसार गाउँपालिकामा बिना नियुक्ती कर्मचारी राख्ने, विज्ञापन आह्वान गर्दा पनि आफ्ना मान्छेलाई मात्रै राख्ने, हचुवाको भरमा गाउँपालिका सञ्चालन भईरहेको छ ।

Breast Feeding Ads

चलानी दर्ता फाँटमा ताला लगाएपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको चौधरीले बताईन् । गाउँपालिका अध्यक्षले एकलौटी रुपमा काम गरीरहेको उपाध्यक्ष चौधरीको आरोप छ ।

Kolhabi Ads

यता गाउँपालिका अध्यक्ष प्रदिप कुमार जैसवालले फेरी उपाध्यक्ष चौधरीले मनोमानी गरेको आरोप लगाएका छन् । चौधरीले आफै चलानी लेखेर आफै दर्ता गर्न खोजेको हुँदा गाउँपालिका अध्यक्ष हुँदाहुँदै उपाध्यक्षले तोक लगाउने व्यवस्था संविधानमै नभएको जैसवालको भनाई छ ।

जैसवालले भने, ‘गाउँपालिका उपाध्यक्ष अध्यक्षको अण्डरमा रहेर काम गर्ने हो कि टाउको टेकेर ?’ अझै थप्छन्, ‘कहिले एमालेमा पार्टी प्रवेश गरे भन्नुहुन्छ कहिले हैन म बजेट लिन गएको भन्नुहुन्छ । उहाँले अहिले मनामोनी गरीरहनुभएको छ ।’ उपाध्यक्ष चौधरीले आफै मन लाग्दो पत्र लेखेर मन्त्रालयमा पठाउने गरेको बताउँदै अध्यक्ष जैसवालले आईतवार ताला नखोले उपाध्यक्षविरुद्ध मुद्दा दर्ता गर्ने बताए ।

सखुवाप्रसौनी गाउँपालिकामा यसअघिदेखिकै प्रमुख प्रशासकिय अधिकृतको विषय विवादित बनेको छ । सर्वाेच्च अदालतमा परेको मुद्दाको छलफल पुष १९ गते म्याद लिइएको हुँदा दर्ता फाँटमा लगाइएको तालाले झनै काम प्रभावित भएको सेवाग्राहीको भनाई छ । यात्रा डेलीबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।