स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन

0 0
Ads here
Read Time:4 मिनेट, 1 सेकेन्ड

दिपेन्द्र रजक रौतहट

रौतहटमा स्थानिय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र भावी कार्यदिशा बिषयक राजनितिक दलका भातृसंगठनका अगुवाहरुसंग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

cold baat bachau

जिल्लाको मध्यभाग गरुडा बजार स्थित नबिन गेष्ट हाउसमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–९ सप्तरीद्धारा आयोजित सम्पन्न कार्यक्रममा,आउदो बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले निकालेको घोषणा पत्रमा दलित तथा महिलाको सवालमा कुरा गर्न र अहिलेसम्म दलितहरुको प्रतिनिधित्व कम भइ रहेको अवस्थामा दलितहरुलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ भने विषयमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाबारे गरिएको विभिन्न राजनितिक दलका भातृसंगठनका अगुवाहरुसँग गहन छलफल भएको थियो ।

tamagadhi emergency add

सो अन्तरक्रिया कार्यक्रममा बिभिन्न दलका राजनितिक अगुवा लगायत पत्रकारहरु बिच आउदो अगामी स्थानिय तहको निर्वाचन लक्षित राजनितिक दलहरुको घोषणा पत्रमा दलित समुदायका महिलाहरुलाई लक्षित गरि आफ्नो–आफ्नो राय सुझाव दिएका थिए ।

Breast Feeding Ads

दलित समुदायमा पनि योग्य ब्यति हुँदा पनि त्यसलाई पछाडि राखिएको पाएको छ । रौतहटमा तथ्याङ्ग हेर्दा पनि दलित प्रतिनिधित्व धेरै नै कम रहेको छ । रौतहटमा १८ वटा स्थानिय तहमा ८२० जना जनप्रतिनिधि निर्वाचित रहेको छ । १८ वटा स्थानिय तहमा नगर प्रमुख ,उपप्रमुख ,अध्यक्ष र उपाध्यक्ष रहेको छ तर त्यसमा दलितको सँख्या शुन्य रहेको पाईएको छ ।स्थानिय तहमा जम्मा ८२० जना जनप्रतिनिधि निर्वाचित मध्ये १७३ जना अर्थात प्रतिशतमा हेर्दा २१।२१ प्रतिशत दलित मात्र निर्वाचित रहेको रहेको तथ्याङले देखाएको छ ।

Kolhabi Ads

त्यसतै कुल १५७ वडाअध्यक्ष मध्ये दलितको संख्या शुन्य र खुल्ला सदस्य ३१४ मा जम्मा १७ जना अर्थात ५।४१ प्रतिशत दलितको सँख्या रहेको छ ।साथै महिला सदस्य १५७ जनामा २ जना अर्थात १।२७ प्रतिशत दलित महिला निर्वाचित भएका रौतहटको स्थानिय तहमा उल्लेख गरिएको तथ्याङले देखाईएको छ ।त्यस कारण स्थानिय निकायको पहिलो एकाई वडा तहमा राज्यले अनिवार्य दलित महिलो अनिवार्य उम्मेदवारी र प्रतिनिधीत्व गर्ने गरि ब्यवस्था गरेको हुँदा राजनितिक दलहरुले दलित महिला उम्मेदवार त्यार गर्दा सकेसम्म शिक्षित र योग्य मानिसलाई कुशलतापुर्वक नेतृत्व गर्न सक्ने उम्मेदवारी को छनौट गर्दा राम्रो हुन्छ ।

साथै चुनावी घोषणा पत्रमा दलित समुदाय लक्षित बिभिन्न कार्यक्रमहरु नितिगत रुपमा समावेशगरि सोको प्राथमिकताको रुपमा कार्यन्वयन गर्ने अत्यन्त जरुरी रहेको सहभागी भएका अगुवा तथा पत्रकारहरुको अवधारण रहेको थियो । सो कार्यक्रममा बिभिन्न दलका नेता ,पत्रकार लगायत सहभागिता रहेको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।