
कलैयामा हातिपाईले रोग विरुद्ध आम औषधी सेवन अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

धिरेन्द्र तिवारी, कलैया
बारा जिल्लाको कलैया स्थित करण राज पैयलेसमा हातिपाईले रोग विरुद्ध आम औषधी गर्ने अभियान सम्बन्धि एक दिने पत्रकारहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बारामा हातिपाईले रोगको आम औषधी सेवन फालगुन २८ गतेदेखि १३दिन सम्म खुवाउने मिति तय भयको छ । सन २०३० सम्ममा हातिपाईले रोगलाई उन्मुलन गराउने लक्षय लिएर नेपाल सरकारले हातिपाईले रोग विरुद्धको आम औषधी खुवाउने गरेको छ।

हात्तीपाईलेको मुख्य लक्षणहरु चिसो पसेर ज्वरो आउने र शरिर कम्पन हुने, फुल्ने, शरिरका ग्रन्थीनलीनहरु बन्द भई सुन्निने रातो भई रातो भाग दुख्ने, हात जोडामा निलो कालो धर्का देखिनुको साथै हात खुटा सुन्निने पिसाबमा सेतो बाक्लो लेदो आउने दम बढने रगतमा ईसिनोफिया देखिने लगायतका रहेका छन् ।
यसको औषधि नेपाल सरकारले निःशुलक वितरणको अभियान संचालित गरेको छ । सुरुको अवस्थामा बिरामी नदेखिएको भए पनि उसको शरीरमा परिजिबी हुन सक्ने ताइएको छ ।
करिब २ देखि ५ बर्षका बालबालिका अल्बे डाजोल ४००मि. ग्राम ठुलो चक्कि १ वाटा डिईसि १०० ग्रामको १ चक्की ६ (१४) उमेर समुह्को बालबालिकालाई १ चक्कि अलबेडाजोल २ वाटा डिईसि २ चक्कि, १५ बर्ष भन्दा माथीको उमेर समुहको मानिसलाई १ चक्की अलबेडाजोल ३ चक्की डिईसि खुवाउने मधेश प्रदेशका समाजिक बिकाश निर्देशनालयका डाइरेक्टर विजय कुमार झाले जानकारी गराउनु भएको छ।
हात्तीपाईले रोग क्युलेस नामको पोथीलाम खुटेको टोकाईबाट सर्ने गर्दछ । यो आम औषधी अशक्त मानिस र २ बर्षका मुनिको बालबालिका दिर्ध रोगी किड्नी फेल तथा प्रसुतीमा रहेका ब्याक्तीहरुलाई नखुवाउने स्वास्थ कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादवले बताएका छन।
बारा जिल्लामा ७८३३३०५ जानालाई हातिपाईलेको आम औषधी खुवाउने लक्ष्य रहेको यादवले बताएका छन् । कार्यक्रममा पत्रकार महासघका उपाध्यक्ष रामबाबु मेहता, सचीव अनिल गौरव, गोर्खापत्र पत्रिकाका शिवशंकर मिश्रा, सन्जिव मिश्रा, अनिल पाण्डे, सिकेन्द्र साह, भोलानाथ पौडेल, रमेश ठाकुर लगायतको उपस्थिति रहेका थिए । उक्त कार्यक्रम मधेस प्रदेश समाजिक बिकाश निर्देशनालय र जिल्ला स्वास्थ कार्यालय बाराको आयोजनामा सम्पन्न भएको छ।