अमावमा शुरु भएको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

Ads here
Read Time:2 मिनेट, 45 सेकेन्ड
Manakamana Gold

शिवरात्रीको अवसरमा कोल्हबी नगरपालिका वडा नम्बर १० अमाव श्री अम्बेश्वरनाथ महादेवको प्राङ्गणमा भइरहेको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बिहीवार ८ गते देखि शुरु भएको प्रतियोगिताको पहिलो दिन पुरुष प्रतोयोगीहरुको सहभागी रहेको थियो भने शुक्रवार ९ गते महिलाहरुले प्रतिस्पर्धा गरेका थिए । मेला समितिको आयोजनामा गरिएको सो कार्यक्रममा मेलाका अध्यक्ष धनिराम भगतको सभापतित्व रहेको भएको थियो भने प्रमुख अतिथीमा सोही वडाका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी र बिशिस्ट अतिथी वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी रहनु भएको थियो ।

उक्त प्रतियोगिताको पहिलो राउन्डमा १४ जना पुरुष प्रतियोगी मध्ये १० जना प्रतिस्पर्धि छानिए भने १४ जना महिला प्रतियोगी फाइनल राउन्डको लागि पनि १० जना छानिएकी थिइन । शनिबार भएको फाइनल राउन्डमा पुरुष तर्फ भाइरस ग्रुप बभनी पहिलो, कोल्हबी ब्वाइज ग्रुप दोस्रो र कोक्टेल ग्रुप मठवा तेस्रो प्राप्त गरेका थिए भने महिला तर्फ दिपिका चौधरी प्रथम, सानिया चौधरी दोस्रो र डि स्टार ग्रुप रघुनाथपुर तेस्रो भएका थिए । पहिलो हुने प्रतियोगीलाई नगद १० हजार, दोश्रो हुनेलाइ ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैया,सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो र महिला प्रतियोगी मध्ये सान्त्वना पुरस्कार समिक्षा चौधरी र दिपमाला चौधरीलाई एक हजार एक सय रुपैया र प्रमाणपत्र कार्यक्रमका सभापति , प्रमुख अतिथी र बिशिस्ट अतिथीले वितरण गरेका थिए ।

Incidents Registration

उक्त कार्यक्रममा स्थानिय गायक बुधन चौधरी लगायतले गित गाएका थिए भने निर्णायक पदमा नन्देश्वर चौधरी , धिरेन्द्र पनुहर, दिनेश चौधरी , रेखा चौधरी र दिलिशा गजमेर रहनु भएको थियो र कार्यक्रम सन्चालन ज्ञानेन्द्र चौधरीले गरेका थिए ।

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु