बालमनोविज्ञानमा आधारतित सर्ट चलचित्र ‘ किबोर्ड ’ को प्रदर्शनी

0 0
Ads here
Read Time:4 मिनेट, 0 सेकेन्ड

चेरवन्त खबर डेस्क

आचार्य गोपालबाट निर्देशित बालमनोविज्ञानमा आधारित सर्ट चलचित्र ‘ किबोर्ड ’ को विशेष प्रदर्शनी भएको छ । क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त चलचिलको राजधानी काठमाडौंको प्रज्ञा प्रतिस्ठानमा बाल पुस्तक प्रदर्शनी – २०८० को क्रममा प्रदर्शनी भएको हो ।

raining add

चलचित्रमा अभिभावकको डिभोर्स हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगले प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख पात्र जियान संगीतमा रुची राख्छन् । उनी विद्यालयमा हुने गायनप्रति प्रधामा भाग लिन्छन् । निरन्तर संगीत सिक्छन् । किबोर्डसँगै रमाउँछन् , तर घरमा हुने बुबाआमाको बेमेलले उनी विचलित भएका हुन्छन् । अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ । त्यसपछि उनको सांगीतिक जीवन कसरी अगाडि बढ्छ ? भन्ने कथा वस्तुलाई निर्देशक आचार्य गोपालले चलचित्रमा प्रस्तुत गरेका छन ।

tamagadhi emergency add

उक्त चलचित्रमा आलोक चौरेली, कृष्णभक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय रहेको छ । चलचित्रलाई सुजय गौतमको छायांकन गरेका हुन्, भने दिवस धितालको सम्पादन रहेको छ । टेकेन्द्र नेपालीको संगीत रहेको छ, भने भरत कँडेलको साउन्ड डिजाइन रहेको छ । त्यस्तै, भीष्म जोशीको कास्टिङ रहेको छ, भने आशुका अर्याल सह – निर्देशन गरेका छन । धिरज अधिकारीको लोकेसन साउन्ड रहेको छ, सरोज खड्का प्रोडक्सन म्यानेजर रहेका छन् ।

Breast Feeding Ads

यसैगरी, सन्देश आचार्य र कौशलकुमार भट्टराईले निर्माण गरेको यस चलचित्रलाई अब अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्कुलहरुमा प्रदर्शन गर्ने समेत निर्देशक आचार्यले बताए । चलचित्र हेरेपछि बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीले चलचित्रको माध्यमबाट बाल कथाहरूलाई बाहिर ल्याउनु नेपाली बाल साहित्यको निम्ति ठूलो योगदान पुग्ने बताए । बुबाआमाबीच हुने सम्बन्ध विच्छेदले बालबालिकाहरुमा पार्ने गरेको प्रभावलाई बाल कथाको माध्यमबाट उजागर गरेको चलचित्रका लेखक विजयराज आचार्यले बताए ।

Kolhabi Ads

यस्तै, प्रदर्शनीपछि उपस्थित अधिकांश दर्शकहरुले बालबालिकाहरुको मनोविज्ञानलाई चलचित्रले मन छुने ढंगबाट प्रस्तुत गरेको र यस्तो चलचित्रको पहिलोपटक अनुभव गर्ने मौका जुरेको बताए । निर्देशक आचार्यले भने,‘मेरा चलचित्रमा सामाजिक जीवनका स – साना आयामहरु समेटिन्छन् । समाजिक परिघटनाले कथा लेख्न र चलचित्र मार्फत भन्नलाई प्रेरित गर्छन् ।’ आचार्यले समाजिक कथालाई अरु मेकरले भन्दा भिन्न तरिकाले भन्न रुचाउने बताए । चलचित्र ‘ किवोर्ड ’ पनि जियानको मनोबिज्ञानलाई दर्शकहरुले अनुभूति गर्न सक्ने गरी निर्माण गरेको आचार्यले उल्लेख गरे । जन अपडेटबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।