क्वारेन्टाइन लैजाँदै गर्दा मृत्यु भएका जुनेको स्वाब रिपोर्ट नेगेटिभ

0 0
Ads here
Read Time:1 मिनेट, 27 सेकेन्ड

बैतडी : भारतबाट उद्धार गरी क्वारेन्टाइनमा लैजााँदै गर्दा बाटोमै मृत्यु भएका पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिवार मृत्यु भएको थियो।

cold baat bachau

उनलाई पुर्चौडी–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दा हिड्दै मृत्यु भएको थियो। मृत्यु भएसँगै जुनेको स्वाब संकलन गरी परीक्षणका लागि आइतवार धनगढी पठाइएको थियो।    जुने बैशाख १८ मा भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए। लामो समयदेखि दमको रोगी रहेका जुने एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ गएका थिए। लकडाउनका कारण उनी पिथौरागढमै बसेका थिए।थाहा खबर

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads