शिलबन्दी भएको नेशनल पानीको पुनः अर्को बोतलमा ठुलो कमिला फेला

0 0
Ads here
Read Time:2 मिनेट, 57 सेकेन्ड

चेरवन्त खबर डेस्क

शिलसहित बिक्री गरिएको पानीको बोतलमा माकुरा भेटिएपछि बाराको नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय बाराले मँगलबार नै शिलबन्दी गरेको छ। प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको छ ।

raining add

शिल सहित बोतलमा नै माकुरा भेटिएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकाय सहित टोलीले मँगलबार उद्योगमा अनुगमन गर्दै शीलबन्दी गरेको थियो।

tamagadhi emergency add

टोलीले उद्योगको अनुगमन गरि अनुसन्धानका लागि आवश्यक कागजपत्र सहित उद्योगका संचालक बिजयकुमार यादवलाई समेत नियन्त्रणमा लिएको थियो । संचालक यादवलाई सामान्य सोधपुछ गरी मँगलबार नै आवश्यक परेको बेला उपस्थित हुने गरी छोडिएको थियो ।

Breast Feeding Ads

मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएपनि बुधबार कलैया स्थित भरत चौक नजिक एक जेनेरल स्टोरबाट कमिला भएको नेशनल पानी फेला परेको छ। तिर्खा मेटाउन पुगेका एक उपभोक्तालाई पसलेले पानीको बोतल दिईरहँदा शिल रहेकै बोतल भित्र कमिला भेटिएको छ। शिल सहित बोतलमा माकुरा र कमिला भेटिएपछि कम्पनीकै लापर्वाही हो नेशनल पानीको आलोचना शुरु भएको छ।

Kolhabi Ads

यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यसँग कुरा गर्दा नेशनल पानीको सँचालक कार्वाहीमा परेको जानकारी गराएका छन्। साथै नेशनल पानीको बोतलभित्र दुषित र फोहोर पानी फेला परेको हुनाले केहि नमुना सँकलन गरी ल्याब परीक्षण गराउन जनकपुर पठाएको पठाईएको छ। भने थप अनुसन्धान भईरहेको जनाउनु भएको छ। साथै नेशनल पानीले प्रशोधित पानी तथा उपभोक्ताले उपभोग गर्न सक्ने ल्याव परीक्षणको रिपोट नआएसम्म नेशनल पानी लेखेको बोतलको पानी अहिले उपभोग नगर्न सम्पुर्ण उपभोक्तासँग सहायक प्रमुख जिल्ला अधिकारी अचार्यले आग्रह गरेका छन्।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।