राष्ट्रिय युवा संघ बाराले ६ बुँदे माग सहित जिल्ला प्रमुखलाई बुझाए ज्ञापन पत्र

0 0
Ads here
Read Time:5 मिनेट, 21 सेकेन्ड

चेरवन्त खबर डेस्क

नेपाल कम्युनिष्ट पार्टि एमाले अन्तर्गतका राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाराले ६ बुँदे माग सहित जिल्ला प्रमरखलाई ज्ञापन पत्र बुझाएका छन् । युवा संघले जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर कटुवाललाई ज्ञापन पत्र बुझाइएको हो ।

raining add

उक्त ज्ञापन पत्रको पहिलो बुदामा स्थानीय तहको निर्वाचन समयमा नगर्ने सरकारको असंबैधानिक कामको घोर भत्सर्ना गर्दै संविधानमा उल्लेख उल्लेख गरिए अनुसार आगामी बैशाखमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । दोश्रो बुदामा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेनु यादवले सार्वजनिक कार्यक्रममा अर्को गौर घटना निम्त्याउने धम्की दिएको तर सरकारले गरिरहेको संरक्षणको घोर बिरोध गर्दै तत्काल पदमुक्त गरि कानुनी कारबाहीको माग गरेका छ्न ।

tamagadhi emergency add

त्यस्तै अहिले जनता कोरोना महामारीले अक्रान्त भैइरहेको र केही दिन देखि यता संक्रमितको संख्या पनि बढ्दै गईरहेकोले जनताको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिन नसकेको बिषयमा पनि संघ गम्भीर भएको, जनताको स्वास्थ्यमा चासो दिनु पर्ने बेला उल्टै सरकार बाटै सिटामोलको कृत्रिम अभाव भईरहेको कारण तत्काल औषधिको सहज उपलब्धता गर्न माग गर्दै परमादेश सरकारको आगमन सङ्गै भईरहेको पेट्रोलियम पदार्थ लगायत खाद्यान्नमा गरिएको मूल्य वृद्धिले संघलाई गम्भीर बनाएको र यस्तो बेलामा जनतालाई सहजरूपमा उपलब्ध गराउनु पर्ने पेट्रोलियम पदार्थ र खाद्यान्नमा गरिएको मूल्य वृद्धिले जनतालाई समस्या सृजना गरेकोले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेको कुरा तेस्रो बुदामा उल्लेख गरिएको छ ।

Breast Feeding Ads

चौथो बुदामा परमादेश सरकार भारत सङ्ग नतमस्तक भईरहेको कुरालाई प्रष्ट पार्दै यसको उदाहरणमा महाकाली नदिमा भारतले गरिरहेको एकपक्षीय तटबन्धलाई बताएको छ । नदिको धार नै परिवर्तन हुने गरि भईरहेको काम तत्काल रोक्न संघले माग गरेका छन् । नेपाली भुमीमा भईरहेको खिचोमिचोको विरुद्धमा बोल्न नसक्ने सरकारले तत्काल भारतलाई कुटनैतिक नोट पठाउन माग समेत गरेका छन ।

Kolhabi Ads

त्यस्तै महाकाली नदिको बिषयमा बोल्न नसकेको सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले निर्माणकार्य गरिरहेको सडकको विरुद्धमा आवाज उठाउन नसकेको आरोप लगाउदै उक्त सडकको काम तत्काल रोक्न र भारतलाई यस्ता गतिविधिहरु नगर्न संघले चेतावनी दिएका छन । सरकारलाई यस्ता बिषयमा गम्भीर बन्न नेपाल र नेपालीहरुको स्वाभिमान तथा राष्ट्रियतामा आच आउने काम गर्नेहरुको विरुद्ध खरोरुपमा उत्रिन माग गरेको पाँचौ बुदामा समावेश गरेका छन् ।

प्रदेश सरकारले केही गरेन भन्दा भन्दै भ्रष्टाचार गर्न भने सरकार अघि बढेको बताउदै २४ लाख कोभिड विरुद्धको भ्याक्सिन बेपत्ता पारेको सरकारले तत्काल उपलब्ध गराउन र बेपत्ता पारिएकाहरुलाई कारबाही समेत अन्तिम बुदामा उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाउनका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाराका अध्यक्ष पुरुषोत्तम साहको नेतृत्वमा संघको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज मोबिन आलम, संघको केन्द्रिय सदस्य भावना आचार्य, अस्लम देवान, संघका क्षेत्र नम्बर ३ प्रदेश (ख) को क्षेत्रिय अध्यक्ष सन्नी गुप्ता, कलैया उपमहानगरपालिका संघका नगर सचिव जावेद अंसारी, संघका जिल्ला सदस्य शसी दास ब्रेटली, फेटा गाउँपालिका संघका अध्यक्ष सद्दाम अंसारी र सुवास भगत माली लगायत संघका युवाहरुको सहभागिता रहेका थिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।