अवधापुरले वडा स्तरिय क्रिकेट प्रतियोगिताको जिते उपाधी

0 0
Ads here
Read Time:2 मिनेट, 48 सेकेन्ड

चेरवन्त खबर डेस्क

कलैया उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सँचालित वडा स्ततरीय क्रिकेट प्रतियोगिताको उपाधी औधापुरले जितेको छ । औधापुरले दोहरिलाई १३ रनको अन्तरले पराजित गरेको छ । श्री अमर माबी दोहरी मझौलियाको खेल परिसरमा भएको वडा भित्रको ८ टोल सहभागी रहेको प्रतियोगितामा अवधापुरले बुधबार फाईनल खेलमा बिजयी भएको छ।

cold baat bachau

बुधबारको फाईनल खेलमा टस जितेर निर्धारित १२ ओभरको खेलमा ब्याटिङ गरेको औधापुरले ८ बिकेटमा ८३ रन बनाएको थियो । औधापुरको लागि रोहन साहले २५ रन,आशुतोश पटेल १९, निरज यादव १४ रन बनाएका थिए । बलिङ्ग तर्फ दोहरिका लोकेश यादवले ३ बिकेट र औधेस साह, रबिन्द्र मन्डलले समान २र२ बिकेट लिएको थिए।

tamagadhi emergency add

दोस्रो ब्याटिङ्गमा दोहरिले १२ ओभरमा ७१ रन मात्र बनाउन सफल भएका थिए । दोहरीका लागि दिपेन्द्र मण्डल २६ रन , दिपक मण्डल १६ रन , लोकेश यादब १२ रन बनाउन मात्र सफल भएका थिए।औधापुरका लागि निरज पास्वान ३ बिकेट, निरज साह ४ बिकेट र आशुतोश पटेलले १ बिकेट लिएका थिए ।

Breast Feeding Ads

बिजेताले नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको त्यस्तै दोश्रो हुनेले नगद १५ सय सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ। फाईनल खेलको उत्कृष्ट खेलाडी रोहन साह भएका छन्।

Kolhabi Ads

वडा अध्यक्ष राजेश महतोले अहिलेको बढ्दो क्रिकेट खेल प्रतिको युवाको रुचि र यसको विश्व ब्यापी आकर्षणलाई मध्यनजर गरी वडा भित्रका प्रतिभावान खेलाडी छनौट गर्न लाई प्रतियोगिता आयोजना गरिएको बताएका थिए । महतोले खेलाडी छनौट गरि खेलकुद सामग्री समेत उपलब्ध गराईने योजना अनुरुप प्रतियोगिता गराएको बताए । महतोले वडा भित्रका सबै टोलका खेलाडी हरुलाई खेल सामग्री हस्तान्तरण गरिएको समेत बताएका छन । खेलकुद बिकासले युवाहरूलाई अनुशासनमा राख्नुका साथै कुलतमा फस्न नदिनेमा समेत आफू बिश्वस्त रहेकाले बताएका छन्।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।