३५ लाखको लागतमा जिल्लामै पहिलो ब्लड बैंक भवन उद्धघाटन

0 0
Ads here
Read Time:2 मिनेट, 47 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको रेडक्रस सोसाईर्ट शाखा गौरकोे परिसर क्षेत्रको छेउमा निर्माण भएको ब्लड बैंक ९रक्त संचार० भवनको उद्घाटन भएको छ ।

cold baat bachau

जिल्लामा रगतको अभाव परिपुर्तिका लागि जिल्लामा चार कोठे ब्लड बैंकको भवन निर्माण गरिएको हो । २०७६ साल फाल्गुन ११ गतेमा शिलान्यास गरिएको भवन सम्पन्न भएपछि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले उद्घाटन गरेका हुन् ।

tamagadhi emergency add

प्रसुती गराउने महिला, ठूला दुर्घटनामा परेका घाइते तथा ठूला र जटिल अपरेशन गर्नु पर्ने बिरामीका लागि आवश्यक रगत व्यवस्थाका लागि रक्तसञ्चार केन्द्र भवनको निर्माण गरिएको हो । नगरपालिकाबाट ३५ लाख विनियोजनमा भवन निर्माणको काम पूरा गरिएको निर्माण सम्पन्न भएको मेयर गुप्ताले बताए ।

Breast Feeding Ads

जिल्लामा राम्रो व्यवस्थान ब्लक बैक नरहेको कारण गौर जिल्ला अस्पताल वा अन्य अस्पतालमा आउने बिरामीले बारा, पर्साको बिरगंज तथा चितवनको भक्तपुरसम्म रगतको लागि जानुपर्ने बाध्यता रहँदै आएको थियो । ब्लड बैंक सञ्चालन गर्न लागेकाले अब जिल्लावासीले रगतका लागि अन्यत्र दुःख पाउन नपर्ने कुरा मेयर गुप्ताले बताउनुभएको छ ।

Kolhabi Ads

भवन निर्माण कार्य सम्पन्न भएर ब्लड बैंक सञ्चालनको लागि जिल्ला रेडक्रस सोसाइटी गौर शाखालाई भवन उद्घाटन पश्चात जिम्मा लगाइएको हो । ब्लड बैंकको भवन तयार भए पनि आवश्यक उपकरण राखेर सञ्चालनमा ल्याउन बाँकी छ । आवश्यक उपकरण जुटाए पछि रक्त सञ्चार केन्द्रमा रक्त संकलन गर्दै सेवा प्रवाह सुरु गरिने जनाइएको छ ।

ब्लड बैंक निर्माण भएपछि जिल्लाबासीले रगत अभावका कारण अकालमा ज्यान गुमाउने पर्ने अवस्था नआउने स्थानीयको अपेक्षा छ । रक्त सञ्चार केन्द्र नहुँदा जिल्लाबासीले आवश्यक परेको बेला रगत अभाव झेल्दै आएका छन् । उक्त भवनको शुक्रबार जिल्लाको सदरमुकामको गौरमा एक औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।