नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

0 0
Ads here
Read Time:2 मिनेट, 3 सेकेन्ड

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्।

यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्।  बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो।  बैजनाथ गाउपालिका ६ की ४६ वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साझ साढे ६ बजेतिर मृत्यु भएको हो।

raining add

मृत्यु  भएकी ती महिलाको मंगलबार साझ  कोरोना रिपोर्ट पोजेटिभ आएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।  निमोनिया रोगले ग्रस्त ती महिला  जेठ ३० गते  अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो। हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक  जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यो समाचार थाहा खबरमा प्रकाशित भएको छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।