लेवान्डोस्कीको कीर्तिमानमा बायर्नलाई लगातार आठौँ लिग उपाधि

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 13 सेकेन्ड

वेर्डर ब्रेमेनलाई हराउँदै बायर्न म्युनिखले लागातार आठौँ पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । खेलमा रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल नै निर्णयक बन्यो ।

Manakamana Gold

जीतसँगै बायर्नले लिगामा दुई खेल बाँकी छँदा नै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लगातार ११ औँ जीत हासिल गरेको बायर्नले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अग्रता १० अकको बनाएको छ । डर्टमन्डले तीन खेल खेल्न बाँकी रहेको छ । बायर्नले आफ्ना बाँकी सबै खेल हार्दा र डर्टमन्डले सबै खेलमा जीत हासिल गरे पनि बायर्नलाई उछिन्न सक्ने छैन ।

Novel Corona Ads

दुईवटा पहेलोँ कार्ड खाएपछि खेलको अन्त्यतिर अल्फोन्सो डेभिसले मैदान छाड्न परेको थियो । योसँगै बायर्न १० खेलाडीमा सिमित बनेको थियो ।

Breast Feeding Ads
Incidents Registration

पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले यो सिजन लिगमा ३१ गोल गर्न सफल भए । उनले एउटै सिजन विदेशी खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । यो कीर्तिमान पिएरे एमेरिक आउबामियाङको नाममा थियो ।

Kolhabi Ads

यता, प्रशिक्षक हान्सी फिल्क बायर्नका लागि खेलाडी र प्रशिक्षकको रुपमा बुन्डेस लिगाको उपाधि जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि फ्रान्ज बेकेनबाउर र निको कोभाचले यो सफलता हात पारेका थिए ।

युभेन्टस (३५) र रियल म्याड्रिड (३३) पछि युरोपको शीर्ष पाँच लिगमा बायर्नले सर्वाधिक ३० लिग उपाधि जित्न सफल भएको छ । यो खबर रातो पाटिमा प्रकाशित भएको छ ।

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो