प्रहरी अधिकारीहरु सिमानाकामा जाने मुख्य उद्देश्य नै पैसा कमाउने भनि प्रमाणित हुदै 

0 0
Ads here
Read Time:5 मिनेट, 22 सेकेन्ड

प्रहरी अधिकारीहरु सिमानाकामा जाने मुख्य उद्देश्य नै पैसा कमाउने भनि प्रमाणित हुदै

 

 

कलैया , १० मंसिर

 

 

raining add

प्रहरी अधिकारीहरु सिमानाकामा जाने मुख्य उद्देश्य नै पैसा कमाउने भनि प्रमाणित हुदै गएको छ। सिमानाका खटिएका सुरक्षाकर्मीहरु अपराधिक क्रियाकलापहरु तथा राजस्व छलीको मालसमानलाई पक्राउ गर्ने मुख्य जिम्मेवारीबाट पन्छिन गई आर्थिक प्रलोभनमा सिमित हुने गरेको तथ्य बाहिर आएको छ।

 

tamagadhi emergency add

उदाहरण स्वरूप सशस्त्र प्रहरी बल नेपाल ( प्रस्तावित ) सीमा सुरक्षा गुल्म मटिअर्वा, मटिअर्वा चौकि , बोडर आउट पोष्ट बरैनिया र बलिरामपुर चौकि लगायतलाई लिन सकिन्छ। चौकिहरुमा ईन्चार्ज बनेर जानको लागी जिल्ला प्रहरी कार्यालयमा टेन्डर नै सकार भएको श्रोतको दाबि रहेको छ। भने सशस्त्र प्रहरी नेपालले सिमानाकामा खटिने गुल्म ईन्चार्ज र बोओपि ईन्चार्जको कार्यकाल छव महिना मात्र रहने गरेकोले उक्त समयमा धेरै भन्दा धेरै पैसा कमाउने तिर लागेका समेत दाबी रहेको छ।

 

 

Breast Feeding Ads

त्यस्तै पैसा कमाउने उदेश्यमा लागेका प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका ईन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक कविन्द्र महर्जन रहेका छन्। महर्जन मटिअर्वा आएदेखि नै तस्करहरुसँग महिनावारी लिई तस्करीको मालसमान आयात निर्यात कार्यमा सघाउँदै आएका छन्। साथै महर्जनले उठाएको महिनावारीमा १२ नम्बर गणको गणपति सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगिको भागबन्डा रहेको श्रोतको दाबि रहेको छ।

 

Kolhabi Ads

श्रोतको अनुसार गणबाट ईशारा पाए मात्र सशस्त्र प्रहरी नायब उपरीक्षक महर्जनले तस्करीको लाईन दिने गरेका छन्। तस्करीको लाईन दिएबाट महर्जनले नेपालबाट भारततर्फ कबाडको काम गर्ने र भारतबाट नेपाल तिर चप्पलको तस्करी गर्ने मोजामिलबाट मासिक एक लाख २० हजार लिने गरेका छन्। मोजामिल भारतिय नागरिक हुन्।

 

त्यस्तै साईकल र मोटरसाइकलमा चिनी , मैदा ् काजु किसमिस, चामल लगायत अन्य किरानासमानको काम गर्ने बिरेन्द्र ग्रुपसँग मासिक एक लाख , शेषनाथ ग्रुपसँग मासिक ७५ हजार, रामअयोध्या ग्रुपबाट मासिक ७५ हजार र कपडाको काम गर्ने माहिला ग्रुपबाट हप्तामा पैसा लिने गरेको जानकारी प्राप्त भएको छ। बिरेन्द्र ग्रुपमा १५ जना , शेषनाथ ग्रुपमा पाँच जना , रामअयोध्या ग्रुपमा पाँच जना र महिला ग्रुपमा पनि पाँच जना रहेको छ।

 

महर्जनलाई महिनावारी दिन दिलो भएको खण्डमा कारोबार गर्न नै नदिने र पैसा पाए सँगै निर्वाध रुपमा तस्करीको मालसमान ल्याउन दिने गरेको जानकारी नाम नछाप्ने शर्तमा एक जना ब्यापारीले बताएका छन्। साथै महर्जन अहिले मनोजको ईसारामा तस्करहरुलाई लाईन दिने तथा तस्करहरुलाई सँरक्षण गर्ने गरेको समेत उक्त ब्यापारीले बताएका छन्।

 

मनोज भन्ने ब्यक्ति जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकको नाममा समेत असुली गर्ने गरेका थिए। जसले गर्दा दशैंको बेला जिल्ला प्रहरी कार्यालय बारामा पक्राउ समेत परेको बिभिन्न सँचारमाध्यममा समाचार नै प्रकाशित भएको थियो। प्रहरी नियन्त्रणबाट छुटे लगत्तै मनोजले महर्जनको लागि काम शुरु गरेको स्थानीयहरुले समेत गुनासो गरेका छन्।

 

 

जिल्ला प्रहरी कार्यालय बाराले केहि दिन पहिला मटिअर्वा चौकिको ईन्चार्जमा बरिष्ठ प्रहरी नायब निरीक्षक श्याम किशोर यादवलाई खटाइएको छ। यादव जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेको निर्देशन पालना गर्छन कि महर्जनलाई सहयोग गरी आर्थिक लाभ लिन्छभनि हेर्न बाँकि रहेको छ। संम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।