बाराको पथलैयाबाट १२ किलो लागु औषध गाँजा सहित ३ जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको पथलैयाबाट १२ किलो लागु औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्रतिबन्धित गाँजा बरामद गरेको हो ।

raining add

अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा चेकिङ्गमा खटिएको प्रहरी टोलीले उक्त अटोलाई पछ्याउँदै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका जिल्ला प्रहरी प्रमुख उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो । वहाँका अनुसार प्रहरीले अटो चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याइरहेको १२ किलोग्राम अवैध लागुऔषध गाँजा फेला पारेका हुन् ।

tamagadhi emergency add

लागुऔषध गाँजा सहित सोही उपमहानगरपालिका वडा नम्बर २२ चकरी निवासी २५ वर्षीय नरेश बमको साथ साथै ३५ वर्षीय सुरेश स्याङ्तान र ४३ वर्षीय हिरामान थिङ्लाई पक्राउ गरेको पनि वहाँले बताउनु भयो । उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनु भयो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads