पचरौता नगरपालिकाद्वारा किसानको कृषि मिटरको महसुल भुक्तान

0 0
Ads here
Read Time:2 मिनेट, 40 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको पचरौता नगरपालिकाद्वारा किसानको कृषि मिटरको महसुल भुक्तान गरिएको छ । किसानलाई सहुलियतका लागि सो नगरपालिकाले नगर भित्र जडान गरिएका कृषि मिटरको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको हो । उक्त नगरपालिका नगर सभाको निर्णय अनुसार नगरप्रमुख जलन्धर सिंह जैसवार र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले सोमबार काठमान्डौंं गई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत मिटरको महसुल बुझाएका हुन । नगरपालिकाले यस अघिको बक्यौता रकम देखि हाल सम्मको रकम गरि करिब ४८ लाख १५ हजार रुपौया नगरपालिकाले भुक्तानी गरेको पचरौता नगरपालिका कर्मचारी मुकेश सिंहको जानकारी दिए । नगरक्षेत्रभित्र रहेका १ हजार ३३ किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत मिटरको महसुल तिरिएको हो ।

cold baat bachau

कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने प्राधिकरणसँग नगरको सम्झौता भएको नगरप्रमुख जैसवारले बताए । ‘नगरपालिका संग किसानले माग गरेको र चुनावका बेलामा जनतासंग गरेका बाचा अनुसारनै कृषि मिटर जडान गरिएको थियो र त्यसयताको महसुल नगरले भुक्तानी दिएको हो ।’

tamagadhi emergency add

कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा नगरले महसुल प्राधिकरणलाई भुक्तानी दिने गरेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले बताए ।

Breast Feeding Ads

नगरक्षेत्रमा १ हजार ३३ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक छ । किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिने गरेको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।