सामाचार खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा पिडित पक्ष र संस्था बिच झडप

0 0
Ads here
Read Time:6 मिनेट, 54 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ हनुमानगंजमा संचालित जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्थाले समाचार खण्डनका लागि हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा पिडित पक्ष र संस्था बिच झडप भएको थियो ।

raining add

पिडित पक्षले न्यायका लागि सामाचार लेखिदिन चेरवन्त खबरलाई आग्रह गरेपछि माघ १ गते दिन बेथितिको हद नाग्दै, गरिब किसानलाई चुस्दै कोल्हवी २ को जयकालिका दुग्ध उत्पादक सहकारी भन्ने शिर्षकमा समाचार प्रकाशन गरिएको थियो। र सो समाचार प्रती आपत्ती जनाउदै २ गते सहकारीका अध्यक्ष दिप लक्ष्मी खरेलले फोन मार्फत के का आधारमा सामाचार लेखिएको हो भन्ने प्रश्न गर्दा पिडितहरुले दिएको निवेदन तथा वहाँहरुको वयानको आधारमा समाचार लेखिएको कुरा चेरवन्त खबरका प्रकाशक नविन चौधरीले प्रष्ट पारेका थिए । तर ३ गतेका दिन पुःन फोनमा एक पुरुषद्वारा अपशब्द प्रयोग गराईएको थियो । र त्यस बिरुद्ध फेरी सामाचार बनाउँदा ६ गते बिहिबारका दिन फोन मार्फत ईमेल ठेगाना मागि शनिबार ८ गते पत्रकार सम्मेलन कार्यक्रम राखिएको जानकारी गराएका थिए । र हिजो पत्रकार सम्मेलन कार्यक्रममा पिडितहरुले बिमाको रकम नपाएको समेत संस्थाले स्विकारेका थिए ।

tamagadhi emergency add

कार्यक्रममा उपस्थित भएका एक पिडित टिकाभक्त मैनालीले रुदैं सामाचार लेखिदिएकोमा धन्यवाद समेत दिएका थिए । वहाँले नै आफ्ना दुःख व्यक्त गर्दै जाँदा पिडित र संस्थाका संचालक समिति बिच झडप पनि भएको थियो ।

Breast Feeding Ads

यसरी दुःखमा परेका किसानहरुको पिडालाई सम्बोधन गरेर समाचार बनाउँदा मरेको गाईको बिमा नदिने समाचार वास्तविक नरहेको, एकतर्फी सामाचार बनाएका कारण संस्थाको मान प्रतिष्ठा र महिला दिदि बहिनीहरुले संचालन गरेको सहकारीलाई बिघटन गराउने उदेश्यले समाचार बनाइएको जस्ता आरोप सहकारीले लगाएको थियो । तर हिजोको कार्यक्रममा पिडितहरुले आफ्ना दुःख सुनाउँदा सहजै गल्ती संस्थाका अध्यक्षले स्विकारेका थिए । सहकारीका पदाधिकारी लगायत संचालक समितिका सदस्यहरुले यसरी आरोप लगाउँदा अवाज बिहिनको अवाज बनेको र बर्षौ देखि कसैले पिडा नसुनेको समयमा पिडितहरुको समस्यालाई सम्बोधन गरेर सामाचार लेख्न चेरवन्त खबर कहिल्यै पछाडी नपर्ने चेरवन्तका प्रकाशक चौधरीले अठोट गरेका छन् ।

Kolhabi Ads

एकाएक समचारको खण्डन गर्न भन्दै सहकारीले हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारको टोली सहकारीको समाचार खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा पुग्दा सहकारी ले केबल आफुलाई लागेको दाग पखाल्न मात्र खोजेको त्यहाँ उपस्थित सबैले बुझेका छन् ।

दुई सय गाई पुर्‍याएर अनुदान पाउनुपर्ने अबस्थामा धेरै किसानहरुको नागरिकता र गाईको बिबरण लगिएको तर अनुदान आएपछि उनिहरुलाई त्यस्को हिस्सा नदिईएको , सेयर सदस्यहरु स्वतन्त्र हिसाबले आफ्नो दुग्ध बेच्न पाउने अधिकारलाई कुण्ठित गरेको छनक दिने गरेर कुरा आएको किनकी अनुदानमा संस्थाबाट बितरित चाप कटर लिएर अन्त दुग्ध बेच्नेलाई अर्कै दृष्टिले हेरेको वा फिर्तासम्म गर्नुपर्ने शर्त राखिएको पिडित बताउछन।

पत्रकार सम्मेलनामा उपस्थित सबैले संस्थाबाट अलगिएको सदस्य पनि परिबारको सदस्य हो अंश दिन्न भन्न पाउनु हुन्न । उनिहरुको मागहरु सम्बोधन हुनै पर्छ । अहिलेको संचालक समितिका सिमित मान्छे र संस्थाबाट अलगिएकाहरुको सिमित मान्छे मानौ पाँच ९पाँच जना सहित जनप्रतिनिधि र पत्रकारको टोली मिलेर यो समस्या हल गरी निचोड पुर्‍याउनै पर्छ । दुबै पक्षलाई खुसि पार्न नसकिएला तर सत्य कुरामा रहेर अन्तिम निर्णय दिनैपर्छ । एकचौटी चाडै सल्लाह गरेर बैठक बसेर टुङ्गाउदा बेश हुन्छ । जनप्रतिनिधि , सहकारीका सञ्चालक र असन्तुष्ट पक्ष आबश्यक परे पत्रकार राखेर भेला गरी निचोड निकाल्न अझै बाकीँ छ । जसरी पनि टिकाभक्त मैनालीले मरेको गाईको बिमाको पैसा पाउन पर्छ अनुदानमा आएको सहयोग सबै किसानले पाउनु पर्छ , दुधको उचित मूल्य सबैले पाउनु पर्छ , किसानले मागेको हिसाब किताब सहकारीले जसरी नै भएपनि दिन पर्छ , किसानलाई जिउने वातावरण मिलोस नत्र भारतमा जस्तै नेपाल हाम्रो गाउँ ठाउँमा पनि किसानले आत्म हत्या गर्न नपरोस भन्दै अग्रजहरुले सल्लाह दिएका छन् ।

सो पत्रकार सम्मेलनमा शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डे, कान्तिपुर टेलिभिजनका बारा जिल्ला सम्वाददाता रमेश ठाकुर, कोल्हबी न्युज डट कमका प्रकाशक अशेष ढुंगाना, रेडियो पातालगंगाका संचालक तथा प्रवन्ध निर्देशक धिरेन्द्र पनुहर, रेडियो कोल्हबीका संचालक अनिल प्रित चौधरी, ज्ञानु चौधरी लगायतका संचारकर्मीहरुको उपस्थिती रहेका थिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।