निजगढमा बसले कुल्चिएर एक जनाको मृत्यु
चेरवन्त खबर डेस्क
बारा जिल्लाको निजगढमा बसले कुल्चिएर एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा निजगढ नगरपालिकाको वडा नम्बर ८ स्थित बुद्धचोक बस्ने अन्दाजै ५० बर्षको मजिद मिंयाको मृत्यु भएको हो । पर्सा जिल्लाको बिरगंजबाट बिराटनगरका लागि प्रस्थान गरिएका को १ ख ५७०० नम्बरको बस निजगढको बुद्धचोकमा गाडीलाई पछाडी सार्ने क्रममा मियाँलाई घिसार्दै घाइते बनाएका थिए । तत्काल घाइतेलाई निजगढ स्थित सिटी अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि बिरगंज पठाइएको थियो ।
बिरगंजको गण्डक हेल्थकेयर अस्पतालमा मियाँको उपचार गराउने क्रममा उपचार हुन नपाउदै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सिरहा जिल्लाका सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने ४२ बर्षका ललन कुमार दास रहेको पनि प्रहरीले बताए ।
इलाका प्रहरी कार्यालय निजगढ बाराले चालक दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटिले जानकारी दिनु भयो ।