स्थानीय तहमा असल नेतृत्वको खाँचो : नेता साह

0 0
Ads here
Read Time:3 मिनेट, 23 सेकेन्ड

चेरवन्त खबर डेस्क

अहिलेको समयमा स्थानीय तहमा असल नेतृत्वको खाँचो रहेको नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी सद्स्य एवं पुर्व शहरी बिकास मन्त्री प्रभु साहले बताएका छन् ।

raining add

पचरौता नगरपालिकाको पहिलो नेकपा एमाले पार्टीको नगर अधिवेशनको प्रमुख अतिथिको रुपमा बोल्दै साहले यस्तो बताएका हुन् । बाराको पचरौता नगरपालिका १ पिपरपाती स्थित नेकपा एमालेको प्रथम नगर अधिबेशनलाई उदघाटन गर्दै मन्त्री साहले अब बिकासको दृष्टिकोणले बारालाई पहिलो स्थानमा पुरयाउन यहाँको एमाले नेतृत्व बर्गलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेता साहले हरेक परिवर्तनमा बारा जिल्ला अग्रनी भुमिका खेलेकोले अब भ्रष्टचार नियन्त्रण गर्न पनि सबैले आफ्नो ठाउँबाट उठ्ने समय आएको बताएका छन् ।

tamagadhi emergency add

पुर्व मन्त्री साहले प्रदेश न २ को राजधानी जनकपुर रिषिमुनी भएको ठाउँमा अहिले बदनाम प्रदेशको रुपमा चिनिन्दै आएकोले यस्तो क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिएका छन् । पुर्व मन्त्री साहले एक अर्को प्रसङ्गमा अहिलेको राजनैतिक एक पेशाको रुपमा ,ब्यवसायको रुपमा परिवर्तन भएको र सत्ताको रस चुस्न ,दोहन गर्न ,लुटतन्त्र मचाउन मात्र स्थानीय, प्रदेश तथा संघिय सरकारमा सजिलै देखन सकिने उहाँले आरोप लगाएका छन् ।

Breast Feeding Ads

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेको पोलिट ब्युरो सद्स्य अच्युत मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धनको सरकार भ्रस्टाचारमा लिप्त ,देशमा महङ्गी बढाएको आरोप लगाए । पिपरपाती बिधालयको छात्र छात्राहरुले उठाएका जायज मांगको यहाँका जनप्रतिनिधिलेबेवास्ता गरि उल्टै प्रहरी लगाएर गरिएको दमन कुटपिट गर्नु लोकतन्त्रको उपहास गर्नु सरह भएको वहाँले बताउनु भयो ।

Kolhabi Ads

नेकपा एमाले पचरौता नगर कमिटी अध्यक्ष जलान्धर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेको केन्द्रिय सद्स्य एवं बारा जिल्ला ईन्चार्ज बलबिर चौधरी , बारा सह ईन्चार्ज महमद समीर , समबिधान सभा सद्स्य जयप्रकाश यादव ,कुन्दन कुशवाहा लगायतले अधिबेशनको सफलताको कामना गर्नु भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि आएको युवाहरूलाई मन्त्री प्रभु साहले फुलमाला लगाएर एमाले पार्टीमा प्रवेश गराईएको थियो । कार्यक्रमको संचालन सुरेश यादवले गर्नु भएको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।