
बारागढीको सिंहासनीमा प्रथम वडा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु

बुधन चौधरी, कोल्हवी
बारागढी गाउपालिका अन्तर्गत रहेको श्री जन अभियान युवा क्लब सिहासनिले आज शनिबारदेखि प्रथम वडा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु गरेका छन। उदघाटन कार्यक्रममा प्रमुख अतिथि बारागढी गाउपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल हुनुहुन्थ्यो भने सभापतिको आसन ग्रहण क्ल्वका अध्यक्ष सुरज चौधरीको रहेको थियो ।

त्यस्तै अतिथिहरुमा गाउपालिकाका उपाध्यक्ष लक्ष्मी देवि राय, वडा न।५ अध्यक्ष मनेजर चौधरी , १ का अध्यक्ष सुरेश चौधरी,२ का अध्यक्ष जोगिन्द्र साह,५ का वडा सदस्य बिनोद सहनी,श्रीमती बसमतिया देवि तेलिन, सुरक्षाकर्मी समाजसेवी,संचारकर्मी लगायत खेल प्रेमी दर्शकहरुको उपस्तिथि रहेका थिए ।

बिनोद चौधरीले सहजीकरण गरेको कार्यक्रममा भने स्वागत मन्तव्य नागरिक समाज अगुवा भोजराज चौधरीले गर्नुभएको थियो। प्रतियोगिताको उदघाटन खेल हातेमालो युवा क्लब चन्द्रपुर रौतहटको विरुद्ध बिरगंज युथ एकेडेमी बिरगंज पर्सा बिच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हापको २७ औं मिनेट जादा बिरगंजका जर्सी न।१४ का सुजल डङ्गोलले पहिलो गोल र ३४ औं मिनेटमा दोस्रो गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको दोस्रो हापको ४२ औं मिनेट जादा बिरगंजकै जर्सी न।२० का आकाश पास्वानले थप २ गोल गरेका थिए । यता चन्द्रपुरका खेलाडीहरुले अथक प्रयासका बावजुद पनि जवाफिमा कुनै गोल गर्न सकेका थिएन । खेलको अन्तिम समयमा बिरगंजका जर्सी न।११ का कृष्ण शाक्यले थप १ गोल गरेर ०(५ गोलको फराकिलो अन्तरले बिजयको यात्रा तय गरेको छ।

उदघाटन खेलमा बिरगंजका आकाश पास्वान म्यान अफ दि म्याच घोसित हुनु भएको छ। भोलिको खेल रतनपुर युवा क्लब बारा विरुद्ध इन्डिया बिहार बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुरज चौधरीले जानकारी दिनुभएको छ।