विकासको काम अवरोध गरेको भन्दै ई.प्र.का. गोनाही घेराउ

0 0
Ads here
Read Time:4 मिनेट, 17 सेकेन्ड

चेरवन्त खबर डेस्क

प्रहरीले नै विकासको काममा बाधा पुर्याएको भन्दै सयौं मानिसको समूहले रौतहट स्थित ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराउ गरेका छन ।

raining add

देवाही गोनाहिको उपमेयर परनिया देवि पटेलको नेतृत्वमा स्थानीय र मौलापुरको विभिन्न वडा बाट दर्जनौंको संख्यामा गएको समूहले प्रहरी कार्यालय घेराउ गरी प्रहरी निरीक्षक राजन लम्साल विरुद्ध चर्को नारा लगाएका छन।

tamagadhi emergency add

सोमबार गोनाहिको अवस्था तनावग्रस्त बनेको थियो । पुर्व मन्त्री प्रभु साहको सल्लाहमा मौलापुर नगरपालिकाको अगुवाइमा प्रदेश २ मै पहिलो पटक झन्डै ७५ बिगहा जग्गा क्षेत्रफल एकीकरण अर्थात लैण्डपुलिङ गरिएको छ ।

Breast Feeding Ads

लैण्डपुलिङ गरिएको क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पछिल्लो केहिदिन देखि मौलापुर र गोनाही बीच रहेको लालबकैया नदिको बगर बाट माटो लगेर खाल्टोहरु पुर्ने काम भैरहेको थियो ।

Kolhabi Ads

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख प्रहरी निरीक्षक लम्सालको नेतृत्वमा सोमबार बिहान ८ बजे गएको प्रहरी टोलिले बालुवा माटो उत्खनन रोकेर त्यहाँ प्रयोग भएको २ वटा जेसिवी र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा ल्याएको थियो । उत्खनन राकेर जेसिबी,टिपर प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित स्थानीयहरु प्रहरी विरुद्ध आन्दोलित भएका थिए।

एमाले नेता नागेन्द्र साहले ल्याण्ड पुलिङको काम हेरेर हरेस खाएका केहि बिपक्षी दलका नेताले प्रहरी माथि दवाब दिएर विकास लाई प्रभावित गर्न खोजेको दाबी गरे । उपमेयर परनिया देवि पटेलले ल्याण्ड पुलिङको काम प्रभावित गर्न केही बिपक्षी नेताले कहिले जग्गाधनी लाई उचाल्ने लगायत विभिन्न हठकण्डा अपनाउंदा पनि नसकेर सताको दुरुपयोग गरी प्रहरी लाई मोहरा बनाईरहेको आरोप लगाएकि छिन।

हाल बालुवा माटो उत्खनन भएको स्थान बाट बर्षौभरी बालुवा ढुवानी हुंदा प्रहरीले कहिलै नरोक्ने तर आज प्रहरीले विकासको काम प्रभावित गर्न किन अगाडि सरेको उपमेयर पटेलको प्रश्न रहेको छ ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले खोलाको मापदण्ड अनुसार पुल भन्दा कम्तीमा एकहजार मिटर टाढा बाट उत्खनन भैरहेको जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले जिल्ला समन्वय समितिको गुनासोको आधारमा सिडियो कृष्ण बहादुर शाहिको निर्देशन अनुसार तत्कालको लागि उत्खनन रोकिएको बताएका छन ।

नियन्त्रणमा लिएको गाडीहरु फिर्ता भएको र प्रहरी विकासको बिरोधि कुनै हालतमा नहुने भन्दै पुल भन्दा कति टाढा अथवा मापदण्ड अनुसार कि बिपरित उत्खनन भैरहेको छ त्यो हेर्न जिल्ला समन्वय समितिको प्राविधिक स्थलगत गएको जानकारी दिएका छन । नदि खोलामा कुनै पनि भौतिक संरचनाको ५ सय मिटर भित्र उत्खनन गर्न नपाईने ब्यवस्था रहेकोे बिज्ञहरुले बताएका छन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।