तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले खल्तिबाट शिक्षक जिलान्तर सरुवा गरेको रहस्य बाहिर

0 0
Royal job Link
Read Time:4 मिनेट, 57 सेकेन्ड

चेरवन्त खबर डेस्क

शिक्षा बिकास तथा समन्वय ईकाई बाराको तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले आर्थिक चलखेलमा शिक्षक जिलान्तर सरुवा तथा सरुवा गर्दै आएको बिभिन्न मितिमा यस पत्रिकाले समाचार प्रकाशन गर्दै आएको छ। यहाँसम्म कि तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले जिलान्तर सरुवा गर्न रु एक लाख ५० हजार माग गरेको अडियो नै रहेको समेत समाचार प्रकाशन र सरुवा गर्न २० हजार माग गर्दै बार्गेनिङ गरी सात सम्ममा झरेको कुरा एक जना शिक्षक यस पत्रिका सँग गुनासो गरेका थिए।

raining add

सात हजार पनि नास्ता खर्च बापत माग गरेको कुरा रामज्ञान साहको गुनासोमा यस पत्रिकाले समाचार प्रकाशन गरेकोमा तत्कालीन निमित्त ईकाई श्यामकोशोर प्रसाद र प्राबिधिक सहायक उपेन्द्र चौधरीले यहि २२ गतेको निर्णयअनुसार र चलानि नम्बर १६६ मा फेटा गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरियाबाट कलैया उपमहानगरपालिका वडा नं १४ बघवन स्थित श्री नेपाल अधारभुत बिधालय ( कक्षा १-८ ) मा सरुवा गरेका छन्। शिक्षक रामज्ञान साह सरुवा भएपछि गत शुक्रबार श्री नेपाल अधारभुत बिधालय ( कक्षा १-८ ) मा हाजिर भएका छन्।

tamagadhi emergency add

त्यस्तै तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले शिक्षा बिकास तथा समन्वय ईकाई बारामा टिप्पणी आदेश सदर नगरी चलानि समेत नगरी यहि भाद्र २४ गरेको निर्णयअनुसार आफैले चलानि नम्बर १६६ नै राखि जितेन्द्र यादवलाई खल्तिबाट सरुवा गरेका छन्। यादवले ताप्लेजुङ जिल्लाबाट सुवर्ण गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय देवापुर बहुअर्वामा तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले सरुवा गरेका छन् ।

Breast Feeding Ads

यस बिषयमा जानकारी हामिलाई प्राप्त भए लगत्तै शुक्रबार निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादसँग कुरा गर्दा शिक्षक जितेन्द्र यादवको सरुवा नभएको बताएका थिए। भने शिक्षक यादवलाई कल करी सरुवा भएको सम्पुर्ण कागजात मगाई गल्ती भएकोले पुनः तपाईको अर्को सरुवाको पत्र बनाईदिने प्रलोभन दिएका छन्। यस्तो नगरेमा तपाईलाई कार्वाही गरी निलम्बित समेत गर्ने दवाब दिएपछि यादब सम्पुर्ण कागजात तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादलाई बुझाएको जानकारी कार्यालय स्रोतले दिएको छ।

Kolhabi Ads

यहाँ सम्म कि शिक्षक यादवले २४ गते तत्कालीन निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादको हस्ताक्षरमा गरीएको सरुवा पत्र लिई २७ गते देवापुर , बहुअर्वामा हाजिर समेत भएको जानकारी उक्त बिधालयका प्रध्यानाध्यापक दिपक साहले जानकारी दिएका छन्।

यसरी तत्कालीन ईकाई प्रमुख श्यामकिशोर प्रसादले आाफ्नो ११ महिनाको कार्याकालमा शिक्षक जिल्लान्तर सरुवा र शिक्षक सरुवामा ८० देखि ९० लाख सम्म घुस लिएको कार्यालय स्रोतको दाबि रहेको छ। त्यसैले यस्तो किसिमको घुस लिई सबै प्रणाणहरु सहित समाचार प्रकाशन हुँदा समेत सम्बन्धित निकायको किन ध्यानाकर्षण हुन नसकेको भनि प्रश्न चिन्ह खडा भएको छ। भने आईतबार शिक्षा बिकास तथा समन्वय ईकाई बाराको निमित्त ईकाई प्रमुखको रुपमा बृजकिशोर साहले जिम्मेवारी पाएका छन्। संम्भार: शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।