पर्साको बिरगंजमा विश्वविद्यालय बनाउन पहल गर्ने बन मन्त्री यादवको प्रतिबद्धता

0 0
Ads here
Read Time:2 मिनेट, 49 सेकेन्ड

चेरवन्त खबर डेस्क
प्याब्सन पर्साको १५ औँ अधिवेशनको उद्घाटन समारोहमा नेपाल सरकारका बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव वीरगञ्जमा विश्वविद्यालय बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

raining add

सो समारोहमा मन्त्री यादवले गुणस्तरीय र व्यावहारिक शिक्षालाई सर्वसुलभ बनाउनु पर्ने कुरामा जोड दिनु भयो । तुलनात्मक रुपमा मुस्लिम तथा दलित समुदाय शिक्षाको पहुँचबाट टाढा रहेको बताउँदै सामाजिक, आर्थीक तथा सांस्कृतिक कारणले समुदायका बालबालिकाले बिचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनु भयो । अनिवार्य र निःशूल्क शिक्षा प्रदान गर्ने सरकारको दायित्व मौलिक हकमै उल्लेख भएपनि व्यावहारिक रुपमा कार्यनयन हुन नसकेको कारण चिन्ता व्यक्त गर्दे यसमा सहकार्य र समन्वयात्मक भूमिका खेल्नुपर्ने बताए ।

tamagadhi emergency add

प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको सभापतित्वमा गरिएको कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका नेता पर्सा क्षेत्र नम्बर ३ का निलम्बीत सांसद हरिनारायण रौनियार, प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करिमा बेगम, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, चण्डीप्रसाद गणका गणपति मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्याब्सनका केन्द्रीय सदस्य प्रकाश उपाध्याय, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, पुस्तक व्यवसायी संघ पर्साका अध्यक्ष रोहित ब्याहुत लगायत राजनीतिक दलकाप्रतिनीधिहरुको उपस्थिती रहेको जानकारी कार्यक्रमको संचालक अशोक संग्रौलाले जानकारी दिए । र कार्यक्रममा नवदिप एकेडेमीकी प्रमुख एवं प्रधानाध्यापिका सुशिला साहले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।