बाराको कोल्हबीमा बिश्व मतस्य दिवस भब्य रुपले मनायो

0 0
Royal job Link
Read Time:4 मिनेट, 15 सेकेन्ड

बाराको कोल्हवीमा बिश्व मतस्य दिवस २०७८ भब्य रुपले मनाइएको छ । कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित तामागढी पार्टी प्यालेसमा नगर भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी धुमधाका साथ मनाइएको हो ।


उक्त कार्यक्रमको सभापतित्वमा मतस्य ब्यबसायी संघ बाराका अध्यक्ष तथा कोल्हवी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी रहनु भएको थियो । मतस्य ब्यबसायी संघले आयोजना गरेको सो कार्यक्रमको प्रायोजन कोल्हबी नगरपालिका, ग्रमिण उद्दम तथा बिपेषण (समृद्धि), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन), कृषि बिकास बैंक शाखा कार्यालय कोल्हबी, कृषि भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाराले गरेको थियो भने सह आयोजकमा सुनगाभा माछा कृषि सहकारी संस्था लि. , परोपकार कृषि सहकारी संस्था लि., केन्द्रिय जिउँदो माछा ब्यबसायी संघ, होटेल तथा पर्यटन ब्यबसायी संघ र उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबी रहेका थिए ।

raining add


कार्यक्रममा “ रहरले माछा पाल्नु र व्यावसायिक रुपले माछा पाल्नुमा धेरै कुराको फरक रहेको कुरा कृषि बिकास बैंकका प्रमुख सुरेश चौधरीले प्रष्ट पार्नु भएको थियो । त्यस्तै माछा बेच्न किसानले नै बिचौलिया सङ्ग सम्बन्ध बनाएको हुन्छ , माछाको भुरा, दाना लगायत मूल्य निर्धारणको बिषयमा लागि पहल भईसकेको र कोल्हबी नगरपालिकामा सुपरजोन मार्फत काम हुने मन्तब्यको क्रममा नगर प्रमुख एवं सो कार्यक्रमका प्रमुख अतिथी भरत बहादुर भण्डारीले बोल्नु भएको थियो । नगरलाई माछा क्षेत्रमा बिश्व सामु चिनाउने, यस पालिका भित्र रहेका माछा किसानहरुको माछा पालन गर्नमा नयाँ नयाँ प्रबिधि समेत ल्याउने र नगरपालिकाको तर्फबाट हरेक किसिमको सहयोग दिने प्रतिबद्धता वहाँले गर्नुभयो ।

tamagadhi emergency add

Breast Feeding Ads

सो कार्यक्रमको अतिथिहरुमा नेपाल मतस्य ब्यब्सायिक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मधुसूदन अधिकारी, केन्द्रिय सदस्य शिवहरी आचार्य, नेपाल जिउँदो माछा संघ संघका केन्द्रिय अध्यक्ष जंग बहादुर साह, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख कृष्ण बहादुर कटुवाल, ग्रामीण उदम विप्रेषण योजना (समृद्धि) का राकेश झा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रतिनिधि दीपक कुमार मिश्र, कृषि बिकास बैंक साखा कोल्हवीका प्रमुख सुरेश चौधरी, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ बाराका प्रमुख शंकर साह, नेपाल मतस्य ब्यब्सायिक संघ बारा कार्य समितिका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन्द्र चौधरी, कोल्हबी न.पा. वडा न .६ का अध्यक्ष एवं नगर प्र्रवक्ता पुरनदेव चौधरी लगायत माछा किसान, माछा ब्यबसायी, उपभोक्ता, समाजसेवी, बुद्धिजीवी, शुरक्षाकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमका संचालक दिपक कार्कीले जानकारी दिए ।

Kolhabi Ads

 

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।