रौतहटको वनमा भिषण आगलागि,वन कर्मचारी मुकर्दशक

0 0
Ads here
Read Time:3 मिनेट, 54 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको हो ।

raining add

चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आग लागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिने तर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा जलेर नष्ट भएको थियो ।

tamagadhi emergency add

वनमा लागेको डडेलो वन कर्मचारीले नियन्त्रणमा लिनका लागि कुनै पनि प्रयास नगरेका कारण सो दाउरा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । पुन बिहिबार सो क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा आउन नसक्दा सो स्थानमा ८ गते गरी राखिएको अन्य काठ समेत जल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बचाएका छन् ।

Breast Feeding Ads

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारीहरूको चरम लापरवाहीका कारण रौतहटको घना वनमा आगलागी भएको स्थानीयको आरोप छ । संघ सरकार र प्रदेश सरकारले डडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रौतहटमा पठाएको पैसा समेत वन कर्मचारीले एक दिन ¥याली निकालेर स्वाहा पारेको स्वयं वन कर्मचारीहरूले बताएका छन्  ।

Kolhabi Ads

डढेलो नियन्त्रणका खातिर प्रचारप्रसार गर्नको लागि र चेतनामूलक कार्यक्रम गर्नका लागि डिभिजन वन कार्यालय रौतहटमा संघ सरकार र प्रदेश सरकार मातहतका वन मन्त्रालयले रकम पठाएको भएपनि सो रकम डिभिजन वन कार्यालय रौतहटले एक दिन चेतनामूलक र्याली गरेर सकेको वन कर्मचारीहरूले बताएका छन् ।

वन कर्मचारीहरूको चरमलापारवाहीका कारण वनमा लागेको डडेलोका कारण जङ्गली जनावरको बासस्थान समेत नष्ट भएको छ । वनमा डडेलो लाग्दा जङ्गली जनावरहरू गाउँ छेउमा पुग्ने र बाली खाने गरेका कारण स्थानीय बासिन्दाले जंगली जनावरको सिकार समेत गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय रौतहटमा यतिबेला कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबै रौतहटका स्थानीय कर्मचारी भएका कारण कसैलाई कसैलाई नटेर्ने गरेको वन कर्मचारीहरूको दाबी छ । डढेलो नियन्त्रणका लागि पनि ऊ जाने त्यो जाने भन्दै वन कर्मचारीहरू पन्छने गरेका कारण रौतहटको वनमा पछिल्लो समय भीषण आगलागि हुँदा लाखौं बराबरको काठ दाउरा समेत जलेर नष्ट भएको छ ।

डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले वनमा लागेको आगो नियन्त्रणका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका छन् । रौतहटको वनमा लागेको आगो नियन्त्रणमा नआउँदा त्यसबाट निस्किएको प्रदूषणका कारण गाउँ तथा बजारको वातावरण नै तुवालोमय भएको छ ।

वनमा लागेको डडेलोको तुवालोले सर्वसाधारणको आँखामा गम्भीर असर परिरहेको चन्द्रनिगापुरमा रहेको सिम्स अस्पताल प्रालीका डाक्टर रामकिशोर शाहको भनाइ रहेको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।