Read Time:4 मिनेट, 6 सेकेन्ड
रोकिएको कवाड तस्करी प्र.ब.ना.नि. यादव ईन्चार्ज भएपछि पुनः सुचारु
अनिल पाण्डेय
कलैया , ०७ जेष्ठ
लामो समय देखि बाराको मटिअर्वा नाकाबाट रोकिएको कवाड तस्करी लगायत अन्य तस्करी पुनः सुचारु भएको छ। तस्करी सुचारु हुनमा मुख्य भुमिकामा मटिअर्वा चेकिका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक अरुण यादवको रहेको जानकारी प्राप्त भएको छ।
प्रहरी बरिष्ठ नायब निरीक्षक यादव मटिअर्वा चौकिको ईन्चार्जको जिम्मेवारी पाएलगत्तै प्रहरी जवान ओमप्रकाश साहलाई घुमुवा प्रहरीमा खटाई तस्करी सुचारु गराएको श्रोतको दाबी रहेको छ।
यादव जिल्ला प्रहरी कार्यालय बाराको निति निर्देशन तथा सिंगो प्रहरी सँगठनको निर्देशन विपरित प्रहरी जवान साहलाई घुमुवा परिचालन गरी तस्करी सँचालन गराएको रहस्य बाहिर आएको छ। जसको फलस्वरुप स्वरुप उक्त नाकाबाट दिनहुँ कवाडको तस्करी नेपालबाट भारततर्फ हुने गरेको छ । कवाडको तस्करी गर्नेमा मोजामिल रहेका छन्। मोजामिल भन्ने ब्यक्ति भारतिय नागरीक हुन। तर केहि सिमावर्ती ब्यापारीहरुलाई उक्त तस्करीमा साझेदारमा राखि तस्करी गराउने गरेको समेत श्रोतको दाबी रहेको छ। साथै सिमावर्ती साझेदारले प्रहरी जवान साह मार्फत प्रहरी बरिष्ठ नायब निरीक्षक यादवलाई महिनाबारी दिने तथा कुरा मिलाउने कार्य गर्दै आईरहेको पाईन्छ।
मोजामिलले बीरगँजको पशु क्वारेन्टाइन नजिकै भण्डारण गरेको कवाड रातिको समयमा ठेलामा राखि प्रहरी जवान साहले लाईन दिएको बेला मटिअर्वा नाका हुदै भारत तर्फ जाने गरेको प्रत्यक्षदर्शीहरुले बताउने गरेका छन्। साथै उक्त नाकाबाट कहिले काँही भैंसीको समेत भारत बाट नेपाल तिर तस्करी हुने गरेको छ। भौंसिको तस्करीको लाईन दिन प्रहरी जवान साह सँगै प्रहरी वरिष्ठ नायब निरीक्षक यादव तैनाथ हुने गरेको श्रोतको दाबी रहेको छ। भने उक्त नाकाबाट कपडा , किराना समानहरु , कष्टमेटिक समानहरु , हार्डवेयरको समानहरु पनि भारतबाट नेपाल तर्फ तस्करी हुने गरेको सजिलै देख्न पाइन्छ।
तस्करहरु प्रहरी चौकि मटिअर्वा र सिमा सुरक्षा बेश क्याम्प मटिअर्वा लगायत जिल्ला प्रहरी कार्यालय बाराको सुचना सँकलन शाखामा समेत मास्केबारी बुझाउने गरेको तस्करी कार्य सँचालन भएको अगुवाहरुले बताएका छन्।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्कासँग प्रतिक्रिया लिँदा आफुले मातहतमा रहेका सम्पुर्ण प्रहरीलाई भ्रष्टाचार गरेको पुष्टी भए कार्वाही होईन निलम्बन सहितको कार्वाही गर्ने निर्देशन दिएको छु। साथै यस्तो किसिमको जानकारी दिनुभएकोले आफु अनुसन्धान गर्ने र पुष्टि भए कार्वाही गर्ने जानकारी दिएका छन्। सँम्भार: शुभ आरम्भ राष्ट्रिय दैनिक
फेसबुक प्रतिक्रियाहरु