जगदम्बा जीतपुरसिमरा गोल्डकपको दोस्रो खेलमा आज चितवन र बाग्मती भिड्दै

0 0
Ads here
Read Time:2 मिनेट, 52 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सिमरा रंगशालामा भईरहेको जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत दोस्रो दिन शुक्रवारको खेलमा बिएफसी चितवन र बाग्मती युवा क्लबबीच खेल साझ ५ बजे पछि सुरु हुनेछ ।

Manakamana ads Anil

उक्त प्रतियोगिताको हिजो विहिवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गरेको पहिलो दिनको खेलमा धनगढीको सुदुरपश्चिम ११ ले बिजयी सुरुवात गरेको थियो । ए डिभिजनको फ्रेण्ड्स क्लबलाई ३(१ ले पराजित गर्दै सुदुरपश्चिमले प्रतियोगितामा अघिल्लो यात्रा तय गरेको हो ।

thaneshwar

सुदूरपश्चिमको जीतमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एकरएक गोल गरेका थिए । भने फ्रेण्डस्का लागि प्रेमबहादुर भण्डारीले एक गोल फर्काएका थिए । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले अब सेमिफाईनल प्रवेशका लागि आयोजक नव जनजागृति युवा क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कार तर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितालाई सिमरामा रहेको जगदम्बा स्टील्स्ले मुख्य प्रायोजन गरेको हो भने सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सुर्य नेपाल, हुलास स्टील्स्, क्याल ग्रुप, अमृत घ्युले सह प्रायोजकको रुपमा सहकार्य गरेका छन् ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।