आन्तरिक राजस्व कार्यालय बाराले गरे सिमरामा करदाता तथा अन्तरकृया कार्यक्रम

0 0
Ads here
Read Time:2 मिनेट, 2 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारामा रहेको आन्तरिक राजश्व कार्यालयले जितपुर सिमरा वडा नम्बर २ सिमरामा करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजश्व कार्यालयले नगर उद्योग वाणिज्य संघ जितपुर सिमरा र चेम्बर अफ कमर्सको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेका हो ।

raining add

उक्त कार्यक्रममा आयोजक संस्था राजश्व कार्यालयको प्रमुख राजकुमार खतिवडाले स्थाई लेखा नम्बर नलिएका व्यबसायीहरुलाई दर्ता गराउन आग्रह गर्दै त्यस कार्यका लागि चाहिने आवश्यक कागजातहरुको बारेमा बताउँनु भयो । उपस्थित व्यबसायीहरुलाई कर शिक्षा,करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा जानकारी दिनु भएको थियो ।

tamagadhi emergency add

त्सस्तै करजन्य विषय वस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने प्रष्ट पार्दे व्यवसायीहरुले व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउन जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले आग्रह गर्नु भयो ।

Breast Feeding Ads

कार्यक्रममा कर सम्बन्धिका बिषयहरु हृदय नारायण महतोले प्रकाश पारेका थिए भने सो कार्यक्रममा चेम्बर अफ कमर्सका रुपेश पोखरेल, राजु श्रेष्ठ,संजय साह, युवराज पौडेल, होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष अर्जुन लम्साल, उधोग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सका प्रतिनिधिहरु लगायत व्यबसायीहरुको उपस्थिति रहेको थियो ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।