कोल्हबीको खैरा बिद्यालयका ५० जना बिद्यार्थीलाई समाजसेवी एकराज आचार्यद्धारा पोसाक सहयोग

0 0
Ads here
Read Time:2 मिनेट, 12 सेकेन्ड

चेरवन्त खबर डेस्क

कोल्हबीको खैरा स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयका ५० जना बिद्यार्थीलाई समाजसेवी एकराज आचार्यले पोसाक सहयोग गरेका छन् । सो बिद्यालयले आफ्ना सम्पुर्ण बिद्यार्थीलाई पोसाक वितरण गर्न एक कार्यक्रमको आयोजना गरेकाले सोही कार्यक्रममा समाजसेवी आचार्यले पनि सहयोग गरेका हुन् ।

raining add

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रमुख अतिथि राजहरण चौधरीको रोहबरमा वितरण गरिएको सो कार्यक्रममा शिक्षा शाखाका प्रमुख तथा बिशिष्ट अतिथि मिश्रीलाल साह लगायत वडा सदस्य कृष्ण बहादुर थापा, शिवचन्द्र चौधरी, बिद्यालय व्यबस्थापन समिति पदाधिकारीहरु, कृष्ण ढकाल, ध्रुव पोखरेल, बद्री भट्ट, वेदमाया प्याकुरेल, शिक्षक शिक्षिका तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

tamagadhi emergency add

समाजसेवी आचार्यले ति ५० जना गरिब, दलित तथा जेहेन्दार बिद्यार्थीलाई एक एक वटा पाइन्ट, कमिज, टाई र बेल्ट सहयोग गर्नु भएको कुरा कार्यक्रमका सभापती तथा सो बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष गणेश राज शिवाकोटीले जानकारी दिनु भयो ।

Breast Feeding Ads

अध्यक्ष शिवाकोटीका अनुसार बिद्यालयद्धारा पनि सम्पुर्ण बिद्यार्थी लगभग २५० जनालाई टाई र बेल्ट वितरण गरिएको छ । शिवाकोटीले अगामी दिनमा पनि यस्ता कार्यक्रमहरु ल्याउने योजना रहेको बताउँदै बिद्यार्थीहरुलाई क्रमश सो सेवा सुविधा दिंदै जाने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।