पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाटले मरणोपरान्त अंगदान साथै आँखा दान गर्ने

1 0
Ads here
Read Time:3 मिनेट, 23 सेकेन्ड

काठमाडौं : पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाटले मरणोपरान्त अंगदान गर्ने भएका छन । उनलेे वि.सं. २०७६ साल फागुन ०७ गते , भक्तपुर जिल्लाको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए ।

अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार निधनपछि मिर्गौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज / सानो आन्द्रा दान गरिने छ ।

raining add

हस्ताक्षर गरेको मञ्जुरीनामामा लेखिएको छ – ‘ मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला / मुटु / फोक्से / कलेजो / प्याङक्रियाज / सानो आन्द्रा आदि अंश झिकी मृगौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकाले मानव शरीरको अंग प्रत्यारोपण ( नियमित तथा निषेध ) ऐन २०५५ को दफा १६ को उपदफा ( १ ) को खण्ड ( ख ) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखी दिएको छु । ’

tamagadhi emergency add

त्यसैगरी , रानाभाटले मरणोपरान्त अाँखा दान पनि गर्ने भएका छन । उनले वि.सं. २०७६ साल फागुन ०१ गते , राजधानी काठमाडौंको तिलगंगा अाँखा प्रतिष्ठान पुगेर निराजले आँखा दान गर्ने घोषणा गरेका थिए ।

Breast Feeding Ads

हस्ताक्षर गरेको इच्छा पत्रमा लेखिएको छ – ‘ आफ्नो मृत शरीरकाे अाँखा मात्रै कसैको लागि उपयोगी हुन सक्ने भएको र अाँखा दान जस्तो सार्थक दान अरु केही हुन नसक्ने भएबाट मेरो मरणोपरान्त मेरो अाँखा दृष्टिविहीन कसैले पनि प्रत्यारोपण गर्न पाउने गरि नेपाल अाँखा कार्यक्रम , नेपाल अाँखा बैंक , तिलगंगा अाँखा प्रतिष्ठान गौशाला , काठमाडौंलाई सहर्ष दान गर्दछु । यस इच्छापत्रमा मेरो परिवारको वा हकवाला समेतको पूर्व सहमति मेरो इच्छा विरुद्ध कुनै पनि आपसी ग्राह्हिय हुन सक्ने छैन ।

Kolhabi Ads

अत : मेरो अाँखा मेरो प्रत्यारोपण यस बैंक , तिलगंगा अाँखा प्रतिष्ठान लगायत कुनै पनि डाक्टर वा अन्य आधिकारिक व्यक्तिबाट झिक्न तथा इच्छुक र आवश्यक व्यक्ति विशेषलाई यस नेपाल अाँखा बैंक मार्फत प्रत्यारोपण गर्न पाउने गरि अधिकार प्रदान गर्दछु । ’

निराज रानाभाट विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्य साथै विभिन्न अनलाइन मिडियाहरुमा सक्रिय छन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।