
प्रदेश सभा सदस्य महम्मद समिरको नारा मधेश प्रदेशको बजेटमा समावेश

प्रदेश सभा सदस्य महम्मद समिरको नारा मधेश प्रदेशको बजेटमा समावेश
कलैया , ३ अषाढ

बारा निर्वाचन क्षेत्र नम्बर ३ ” ख ” निर्वाचित प्रदेश सभा सदस्य महम्मद समिरले ” हरेक खेतमा पानी किसानको आम्दानी ” अभियान चलाएका छन्।

उक्त अभियान अन्तर्गत प्रदेश सभा सदस्य महम्मद समिरले आफ्नो निर्वाचन क्षेत्रमा किसानको खेतमा बोरिङ्ग जडान कार्यको थालनी समेत गरी सकेका छन् ।

महम्मद समिरले किसानहरुको समस्या बुझ्दै अकासे पानीको भरमा किसानहरुलाई खेति गर्न सधै समस्या हुने गरेकोले आफ्नो क्षेत्रिय कोषबाट किसानको खेतमा बोरिङ्ग जडान गराउदै आएका छन्। अहिले चर्को गर्मिले पानीको मुहान सुक्दै गएको र पानी पनि समयमा नपरेको बेला किसानको खेतमा बोरिङ्ग जडान गरीएकोमा किसानहरुको मुहारमा मुस्कान देखिएको छ।

साथै प्रदेश सभा सदस्य महम्मद समिरले चालु आर्थिक बर्षमा हालसम्म ३५ वटा बोरिङ्ग जडान गराउन सफल भएको र अरु थप जडान गर्ने कार्य भईरहेको बताएका थिए। साथै चालु आर्थिक वर्षमा नै निर्वाचन क्षेत्र नम्बर ३ ” ख ” का सम्पुर्ण किसानको खेतमा बोरिङ्ग जडान गराउन नसकेपनि हरेक बर्षको क्षेत्रिय बजेटबाट र आफ्नो कार्यकालमा किसानको खेतमा बोरिङ्ग जडान गर्ने लक्ष्य राखेकोमा शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाले जेष्ठ ३१ गते नै समाचार प्रकाशन गरेको थियो ।
शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको समाचार प्रकाशन तथा प्रदेश सभा सदस्य महम्मद समिरको सराहनीय कदमलाई मधेश प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सामाबेश गरेको छ । मधेश प्रदेश सरकारको अर्थ मन्त्री सँजय कुमार यादवले शुक्रबार सार्वजनिक गरेको आर्थिक बर्षको २०८०/०८१ को बजेटमा ” हरेक खेतमा पानी किसानको आम्दानी ” अभियान मधेश प्रदेश सरकारको गौरवको परियोजनाको रुपमा समावेश भएको छ।
मधेश प्रदेश सरकारले उक्त परियोजना अन्तर्गत कृषि विद्युतीकरणलाई प्रदेश गौरवको परियोजनाको रुपमा विकास गर्दै कृषि विद्युतीकरणलाई विस्तार, निःशुल्क कृषिमिटर, सिचाँई प्रयोजनका लागि लाग्ने विद्युत महसुलमा अनुदान समेतको लागि रु. ४० करोड विनियोजन गरीएको छ।
मधेश प्रदेश सरकारले आफ्नो अभियानलाई मधेश प्रदेशको गौरवको परियोजनामा समावेश गरेकोले अर्थ मन्त्री सँजय कुमार यादवलाई प्रदेश सभा सदस्य महम्मद समिरले धन्यवाद दिएका छन्। संम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक