मधेश प्रदेशमा नयाँ सरकार : दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

0 0
Ads here
Read Time:5 मिनेट, 1 सेकेन्ड

रासस

जनकपुरधाम : यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्।

raining add

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाको गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ।
प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ। अन्तिम नतिजा आउन बाँकी धनुषा ४९२० मा एमाले उम्मेदवार अगाडि छन्।

tamagadhi emergency add

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार\चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३ (१), धनुषा– ३ (१), धनुषा– ४ (१), सर्लाही– २ (१), सर्लाही– २ (२), सर्लाही–४ (१), रौटहट– १ (१), रौटहट– १ (२), रौतहट– ३ (२), पर्सा– २ (१), पर्सा– ३ (२), पर्सा– ४ (१) र धनुषा १ (१) मा जितेको छ।

Breast Feeding Ads

त्यसैगरी लोसपाले पर्सा– २ (२), महोत्तरी–२ (१), महोत्तरी– ३ (१), महोत्तरी–३ (२), सर्लाही–१ (१), सिरहा–४ (२) र बारा–४ (२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही– ४ (२), महोत्तरी– १ (२), रौतहट– ४ (१) र पर्सा– १ (१) मा जितेको छ। एकीकृत समाजवादीले रौतहट– २(२) सर्लाही– १ (२), सिरहा– ३ (२) र सप्तरी–४ (१) मा जितेको हो ।

Kolhabi Ads

एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेका छन्। एमालेले सप्तरी–१ (१), सिरहा–१ (१), सिरहा–२ (२), सिरहा ३ (१), धनुषा–१ (१), धनुषा–२ (१), धनुषा– ३ (२), रौतहट– २ (१), बारा–१ (१), बारा ३ (१), बारा–४ (१), बारा–३ (२), महोत्तरी १ (१) र महोत्तरी–४ (१) मा जितेको छ। जसपाले धनुषा–२ (२), पर्सा– १ (२), पर्सा–४ (२), बारा–१ (२), रौतहट– ४ (२), सर्लाही–३ (२), सिरहा–१ (२), बारा–२ (२) र महोत्तरी ४ (२) मा जितेको हो ।

यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन्। जनमत पार्टीले सप्तरी–१ (२), सप्तरी–२ (१), सप्तरी– २ (२), सप्तरी–३ (२), सिरहा– ४ (१) र सिरहा– २ (१) मा जितेको छ। स्वतन्त्र उम्मेदवारले पर्सा–३ (१), बारा–२ (१), महोत्तरी– २ (२), रौतहट–३ (१), सर्लाही– ३ (१) र सप्तरी– ४ (२) मा जितेका हुन्।

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार ११४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार ९०२ मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार ४७०, जनमत पार्टीले दुई लाख २१ हजार ८६७, माओवादीले एक लाख ४० हजार ८२८, एकीकृत समाजवादीले ९३ हजार ४६२ र लोसपाले ८० हजार ५८० मत प्राप्त गरेको छ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए। १०७ सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो।

त्यो वेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन। अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।