
पर्सामा लागु औषध अफिम सहित एक जना पक्राउ

चेरवन्त खबर डेस्क
पर्सा जिल्लामा हिजो मंगलबार बिहान प्रहरी चौकी रंगपुरबाट खटिएको नियमित चेकिङ्ग टोलीले लागु औषध अफिम सहित १ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सीराङ गाउपालिका वडा नम्बर ४ बस्ने वर्ष ३० को सुजन मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

मोक्तानले पटेर्वासुगौली गाउपालिका वडा नं। २ रंगपुर बजारमा मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश नम्बर २(०३(००७ प ६९९० नंम्बरको कालो रातो रंगको २२० सिसिको पल्सर मोटरसाइकललाई रोकी जाँच गर्दा पक्राउ परेका जानकारी प्रहरीले दिएको छ। मोक्तानले बोकेको कालो ब्यागभित्र सेतो प्लाष्टिकको झोलामा लागु औषध अफिम जस्तो देखिने लेदो पदार्थ ९ के।जी।३०० ग्राम फेला परेको जानकारी समेत खनालले दिएका छन्।

उक्त लागु औषध सहित मोक्तानलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले गराएको छ।
