पथलैया प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 43 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकमा रहेका प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले दुई हजार साठी थान लागु औषध बरामद गरेका हुन् ।

raining add

पर्सा जिल्लाको बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २(०३) ००१ ख ३६२३ नम्बरको रोयल सिंघम यात्रु बाहक बसलाई प्रहरी टोलीले चेक जाँच गर्दा पछाडीको डिक्की भित्र सहचालकले सेतो प्लाष्टिकको झोलामा पत्रिकाले बेरेर लुकाई छिपाई लगिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

tamagadhi emergency add

पक्राउ पर्नेमा सिन्धुली जिल्लाका कालापानी गाउँपालिका वडा नम्बर १ बस्ने सहचालक पुर्ण प्रसाद दहाल रहेको छ । दाहालले डाइजेपाम ई. ५८८ पिस, फेनारगन ई.५८८ पिस र नुर्फिन ई.५८७ पिस तथा नाइट्राभेट १० लेखिएको ट्याबलेट ३०० पिस लुकाएको लागु औषध फेला पारेका छन् । पथलैया प्रहरीले उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सिमरामा मुद्दा दर्ता गराइएको र थप अनुसन्धानको लागि पहिलो पटक सात दिन प्रहरी हिरासतमा राख्न अनुमती लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।