सिम्रौनगढमा मन्त्री शशि श्रेष्ठद्वारा मालपोत तथा नापी कार्यालयको उद्घाटन

0 0
Ads here
Read Time:3 मिनेट, 51 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको सिम्रौनगढमा स्थापना भएको मालपोत तथा नापी कार्यालयको एक कार्यक्रम बिच भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठद्वारा उद्घाटन गरिएको छ । सो स्थानमा २०७१ साल असोज ३० गते मै मालपोत कार्यालय स्थापना हुने निर्णय भए पनि सात वर्ष पछि आठौं बर्षमा आएर उद्घाटन गरिएको हो।

raining add

उक्त कार्यालयबाट तत्कालिन सिम्रौनगढ लगायत पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, देवताल गाउँपालिका र बारागढीको एक एक वडाका जनताले सेवा पाउने भएका छन् । तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला नेतृत्वको सरकारले गरेको उक्त निर्णयअनुसार सिमरामा चार वर्षपछि मालपोत कार्यालय स्थापना भएपनि सिम्रौनगढमा भने हुन सकेको थिएन् । कार्यालय उद्घाटन भएपनि जिल्लास्थित मालपोत कार्यालयबाट जग्गाको श्रेस्ता भने सिम्रौनगढ लगिएको छैन् । सिम्रौनगढ सेवा कार्यालयका लागि कौशलकिशोर झालाई प्रमुख तोकिएको छ ।

tamagadhi emergency add

कार्यालयको उद्घाटन गर्दै जनताको प्रत्यक्ष जीवनसित भूमि व्यवस्था मन्त्रालय पनि जोडिएको कारण वर्तमान सरकार संविधानको रक्षा सँगै नागरिकका हरेक प्रकारका हक अधिकार कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताइन्।

Breast Feeding Ads

सिंहदरबार घरघरमा ल्याउने कुरा धेरै कागजमा लेखिए पनि जनताले पछिल्लो समय त्यसको प्रत्याभूति गर्न नसकेको कुरा उठ्दै आएकाका कारण मन्त्रालयले आमजनताले बिना झन्झट तत्कालै सेवा पाउन भनेरै अहिले अनलाइन प्रबिधीकै मालपोत र नापी कार्यालय अनलाईन प्रबिधि सहित स्थापना भएको बताएकी छिन् ।

Kolhabi Ads

जनताको प्रत्यक्ष जीवनसित जोडिएको भूमि व्यवस्था मन्त्रालय भएका कारण जनतासित जोडिएरै काम गर्न आफूहरुले चाहेको र ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ‘ भन्ने तर आफ्नै आँखाअगाडि भ्रष्टाचार भएको हेरेर बस्नु देशका लागि दुःखको कुरा भएको पनि बताइन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, सिम्रौनगढका नगर प्रमुख किशोरीप्रसाद साह, देवताल गाँउपालिकाका अध्यक्ष उदयप्रसाद यादव, आदर्शक कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साह कानुलगायत सेवा प्राप्त गर्ने स्थानीय तहका जनप्रतिनिधि माओबादीका नेता गोपाल ठाकुर, तपेश्वर राय थारु लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा सिम्रौनगढ नगर पालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारज्यू एवं उप प्रमुख नजमु शेहरज्यूद्वारा माननीय मन्त्री शशी श्रेष्ठलाई स्वागत तथा मायाको चिनोमा कंकाली मन्दिर एवं रानीवास मन्दिरको प्रतिमा प्रदान गरिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।