करैयामाई ८ मा जसपालाई भोट नदिएको भन्दै उम्मेदवारको निर्देशनमा एक महिलालाई कुटपिट

2 0
Ads here
Read Time:3 मिनेट, 43 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा जनता समाजवादी पार्टी जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र साह स्थानीय निर्वाचनमा पराजित भएपछि रिसको झोकमा कार्यकार्ता भिडाई स्थानीय जनतालाई कुटपिट गरेको कुरा बाहिरिएको छ ।

raining add

भर्खरै सम्पन्न भएका स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार दिनेश चौधरीसँग पराजित भएपछि मत नदिएको झोकमा जनता समाजवादी पार्टी जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र साहले स्थानीय महिला मरछिया देवी यादवलाई बिहीबार राति ८ बजे कुटपिट स्थानियले बताएका छन् ।

tamagadhi emergency add

पिडित महिला यादवका अनुसार आफूले विगतको निर्वाचनमा सुरेन्द्र साहलाई भोट दिएको थिए , तर हालै सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार चौधरीलाई भोट दिएपछि आफूलाई जसपाका कार्यकार्ताले कुटपिट गरि घाईते बनाएको जानकारी दिईन् ।निर्वाचनको बेलामा जसपाबाट रकम बाडीरहेको कुरा एमालेका कार्यकार्ताले थाहा पाएपछि जसपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका साहलाई घेराबन्दी गरि नियन्त्रणमा लिएको थियो । घेराबन्दी गर्ने बेलामा मेरो घरको सदस्य समेत पुगेको थियो । तर जसपाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका साह निर्वाचनमा पराजित भएपछि वडामा आफ्नो दबदबा राख्नको निमित्त कार्यपालिकामा अल्पसंख्यक तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भयो । करैयामाई गाउँपालिकामा जसपा तथा माओवादीले गठबन्धन गरि कार्यपालिका सदस्य निर्वाचित गराईयो । साह कार्यपालिकामा निर्वाचित भएपछि उनका कार्यकार्ताहरूले भने भोट नदिएका स्थानीयलाई कुट्दै हिडिरहेका छन् । कुटपिट गर्नेमा ईनरपती देवी कोईरीनी , अभिनाश कुशवाहा , दिनेश कुशवाहा , रामसरन कुशवाहा , रिंकु देवी कोईरीनी , ललन यादव , पिंकी यादव , जादव यादव र राजु यादव रहेको छ । कुटपिटबाट पीडित महिला यादवको टाउको तथा देब्रे हातमा बढी चोटपटक लागेको प्रादेशिक अस्पताल कलैयाका प्रमुखले जानकारी दिए ।करैयामाई गाउँपालिकाको कार्यपालिकामा जसपाको बहुमत रहेपछि अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई हेप्ने , पेलेर कुरा गर्ने जस्ता क्रियाकलाप देखिन थालेको निर्वाचित जनप्रतिनिधिको भनाई रहेको थियो ।उक्त पालिका वडा नम्बर ८ मा दिनेश चौधरीसँग सुरेन्द्र साह ६९ मतले पराजित व्यहोर्नुपर्यो । पीडित महिलाका यादवका अनुसार महिला सेलमा समेत उजुरी गरेको बताईन् ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
40 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
60 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।