कोल्हबीमा काङ्ग्रेसका दर्जनौ कार्यकर्ता ने. क. पा. मा प्रवेश

0 0
Ads here
Read Time:8 मिनेट, 18 सेकेन्ड

चेरवन्त खबर
कोल्हबी, २२ कार्तिक
बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी कोल्हबीको आयोजनामा गरिएको शुभकामना कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टिका दर्जनौ नेता कार्यकर्ता ने. क. पा. प्रवेश गरेका छ्न ।

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी कोल्हबीका संयोजक अनिल भण्डारीको सभापतित्वमा र प्रधानमन्त्री के. पि. ओलिका पुर्व जनसम्पर्क सल्लाहकार तथा ने. क. पा. का केन्द्रीय सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यमा गरिएको सो कार्यक्रममा सयौं संख्यामा नेता, कार्यकर्ता तथा युवाहरुको सहभागीता रहेको थियो । कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीका कारण विश्व नै त्रसित भएको कारण यसबाट वचन मास्क सेनिटाइजर लगायत समाजिक दुरि कायम गरि आयोजना गरिएको सो शुभकामना कार्यक्रममा ने. क. पा. का वडा कमिटी, नगर कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी लगायत केन्द्रिय सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

cold baat bachau

उक्त कार्यक्रमको स्वागत मन्तव्य राष्ट्रिय युवा संघ नेपालका नगर कमिटी कोल्हबीका सह संयोजक हरियोम रौनियारले गरेका थिए भने कार्यक्रम सन्चालन नन्देश्वर चौधरीले गर्नु भएको थियो । पुर्व नगर संयोजक हरिनारायण चौधरीले शुभकामना कार्यक्रमका बारेमा मन्तव्यको क्रममा प्रकाश पार्नु भएको थियो ।

tamagadhi emergency add

नेपालमा भएका विभिन्न राजनैतिक दलका प्रतिनिधिले देश चलाउदा तीस बर्ष पहिलै देखि यो देश नेपाललाई तहस नहस पार्दै आइरहेको यो मुलुकलाई अहिले ने. क. पा. को सरकारले देशलाई कहाँ पुर्याउने कसरी बिकास गर्ने जस्ता दीर्घकालीन योजना ल्याएको छ । विद्युतको कामहरू, फास्ट टर्याकको काम, निजगढ विमान स्थलको योजना , तमागढी देखि सिम्रौन गढ सम्म पिचको योजना लगायतका विभिन्न योजनाहरु ने.क.पा.को सरकार कै पाला भएको कोल्हबी नगरपालिकाका नगर प्रमुख तथा जिल्ला सदस्य भरत बहादुर भण्डारीले मन्तव्यको क्रममा बोल्नु भएको थियो । नगरमा रहेका बिद्यालय र स्वास्थ्य भवनहरु ब्यबस्थापन , प्रत्येक वडामा सफ्टवेयर प्रणालीबाट मालपोत लगायतका कर तिर्न सक्ने ब्यबस्था, शिक्षाको क्षेत्रमा काम गर्ने बालबिकासको शिक्षिकालाई प्रत्येक महिनामा चार हजार रुपैया दुई बर्ष देखि दिदै आएको र उच्च माध्यमिक बिद्यालयमा अध्यन गर्ने प्रत्येक छात्रालाई साइकलको ब्यबस्था नगरले गरेको बताउनु भयो । त्यस्तै स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वम सेविकाहरुलाई यस नगरले गत बर्ष एक हजार र यो बर्ष देखि पन्ध्र सय रुपैया भत्ता स्वरुप दिने ब्यबस्था मिलाएको छ । असी बर्ष उमेर पार गरेको वृद्ध वृद्धालाई मासिक भत्तामा थप पाँच सय रुपैया दिने ब्यबस्था कोल्हबी नगरपालिकाले गरेको छ । आठ कि.मि. कालो पत्रे, पुल, नाला, सडक ढलान लगायत कोल्हबी वडा नम्बर १ मा बन्दै गरेको काममा ठूलो चुनौतीको समना गर्नु परे पनि यस नगरको बिकासका लागि कहिल्यै पनि पछाडी नहट्ने प्रतिबद्धता नगर प्रमुख भण्डारीको रहेको छ ।

Breast Feeding Ads

केन्द्र देखि नगरपालिका सम्मको बिकास गर्न विपक्षी पार्टिका नेता कार्य कर्ताहरुले अप्ठ्यारो वातावरण सिर्जना गरे ता पनि जनताका बिकास र बिस्वासका लागि नेता तथा कार्यकर्ताहरुले पुर्व माओवादी र पुर्व एमाले जस्ता शब्द प्रयोग नगरेर हामी सबै ने.क.पा. हौं र सबै एउटै छौं बनेर अगाडि बढ्न ने.क.पा. का जिल्ला सदस्य तथा युवा नेता गोविन्द पौडेलले आग्रह गर्नु भयो ।

Kolhabi Ads

देश बिकासका लागि योजना नै नभएका र देश चलाउने क्षमता नभएका राजनैतिक पार्टीका नेता कार्यकर्ताहरुले नै बिकासलाई बिरोध गरिरहेको हुन्छ । यस क्षेत्रबाट चुनावमा जितेर गएका नेताले एक चोटि पनि पछाडी फर्केर हेरेको छैन । कोरोना भाइरसबाट मर्कामा परेका गरिब दलित जनतालाई खाने चामल त के सेनिटाइजर र मास्क समेत बाँडेको छैन । यहाँका जनताहरुलाई हेर्न र दुख सुख बाड्न नगरपालिका तथा गाउपालिकामा अनुगम गर्न पनि न आएको नेतालाई अब जिताएर केन्द्रमा नपठाउन जनताहरुलाई ने.क.पा. का प्रदेश कमिटीका सदस्य तपेश्वर राय थारुले अनुरोध गर्नु भएको छ । माधव कुमार नेपाल , के.पि. ओलि र प्रचण्ड लगायतका नेताले मनमुटाव गरेर एक आपसबाट फुटे पनि सहिद भएका हजारौं जनताका लागि , बिधवा भएका दिदी बहिनी र अपांग भएका दाजु भाइहरुका लागि हामी यहाँका जनता सङ्गै नेता कार्यकर्ता नफुट्ने र ने.क.पा. का झण्डा मुनि बसेर सम्पुर्ण मजदुर गरिब जनताको हकहितका लागि काम गर्ने छौ भन्ने प्रतिबद्धता राय थारुको रहेको छ ।                                                                                       नेपाली काँग्रेसले सबभन्दा लामाे समयसम्म देशमा शासन गरेकाे कुरा नेपाली जनतालाई सर्वविदितै छ । तर विकासका कार्यक्रमहरु शुरुवात ने.क.पा.सरकारले गरेकाे बताउनु भयाे । तामागढी सडककाे शुरुवात गर्दा उमाकान्त चौधरीद्वारा ने.क.पा.का अनेकौ नेताहरुमाथि वन विनाश गरेकाे भनी मुद्दा गराउने र अहिले विकास प्रेमी भएको भ्रम फैलाएकोमा दुःख प्रकट गर्नु भयाे । ने.क.पा.फुटकाे संघारमा पुगेकाे भन्ने हल्ला फिजाउने कार्य विभिन्न राष्ट्रिय ,अन्तर्राष्ट्रिय शाक्तिहरुले गरिरहेकाे छ र त्यस्ता हल्लाकाे पछाडी न लाग्न सम्पुर्ण नेता,कार्यकर्तालाई कार्यक्रमको प्रमुख अतिथी ने.क.पा. का केन्द्रिय सदस्य अच्युत मैनाली आग्रह समेत गर्नुभयाे ।नेपालमा ने.क.पा.काे विकल्प अरु कुनै पार्टी न भएको र देशकाे समृद्धि ने.क.पा.ले मात्र गर्न सक्ने अनेकौ दृष्टान्टहरु वर्तमान सरकारले आफ्नाे कार्यक्रमहरु मार्फत जनतालाई लाभान्वित गरेकाे समेत प्रमुख अतिथी मैनालीले जिकिर गर्नु भएको खबर राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी कोल्हबीका सदस्री सरोज चौधरीले जानकारी दिनु भयो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।