बिरगन्जबाट जाँदै गरेको बोलेरो जिप ओेखलढुंगामा दुर्घटना

0 0
Ads here
Read Time:1 मिनेट, 41 सेकेन्ड

ओखलढुंगा

raining add

ओेखलढुंगाको मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।  घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर तिनको ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा परी जिप चालक बिरगन्ज पर्साका अन्दाजी २२ बर्षिय अनिल कुमार साहानी र सोही स्थानका २६ बर्षिय सुगन्धी देबी बिनको अवस्था गम्भीर छ ।  उनीहरुको ओखलढुंगा सामुदायीक अस्पातलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

tamagadhi emergency add

अन्य सामान्य घाइतेहरुमा नेपागन्ज बाँकेका बिराज थापा, बिरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र सिद्धिचरण नगरपालिका–४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घले रहेका छन् । 

Breast Feeding Ads

जिपमा १२ जना सवार रहेको भएपनि अन्य चारजना भने सकुशल रहेको प्रहरी निरिक्षक बस्नेतले बताए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।स्रोत रातो पाटि 

Kolhabi Ads


Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु