हनुमानगंज स्थित जय कालिका महिला दुग्ध उत्पादन सहकारी संस्थाको ४ औं साधारण सभा सम्पन्न

0 0
Ads here
Read Time:3 मिनेट, 29 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर २ हनुमानगंज स्थित रहेको श्री जय कालिका महिला दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको ४ औं साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रममा ३ जना बिद्यार्थी छात्र छात्रालाई छात्रबृती प्रदान गरिएको थियो ।

raining add

उक्त साधारण सभाको कार्यक्रममा प्रमुख अतिथ्यमा कोल्हवी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपाल प्रसाद अधिकारी रहनुभएको थियो । विशिष्ट अतिथीमा नेत्र प्रसाद मैनाली, चेतनाथ तिमलसीना , खिल माया मैनाली , देवी प्रसाद थपलियाले आसन ग्रहण गर्नु भएका थिए भने अतिथीहरुमा ग्रामिण उद्यम विप्रेशन आयोजना ( समृद्धि ) को निर्मला श्रेष्ठ ,श्री सुर्य ज्योती दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष अनुप सुवेदी , खेम नरायण शर्मा र गंगा प्रसाद कोइराला , त्यस्तै अस्थाई प्रहरी पोष्ट झुरझुरका प्रहरी हवलदार वृजलाल गिरी, समाजसेवी देवी प्रसाद , श्याम लामा , पशु सेवा कार्यालय कोल्हवीका शाखा प्रमुख शम्भु प्रसाद पनुहर , हनुमान गंज बजार व्यवस्थापन समितीका अध्यक्ष प्रबिन लामा , सामुहिक चेतना बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष गणेश प्रसाद मैनाली लगायत सा ेसहकारी संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

tamagadhi emergency add

सो साधारण सभामा नयाँ कार्य समिति सर्व सहमतीबाट चयन गरिएको छ । नव निर्वाचित कार्य समितीको अध्यक्ष पदमा दिप लक्ष्मी खरेल , उपाध्यक्षमा अप्सरा देवी मैनाली , त्यस्तै कोषाध्यक्ष पदमा शुशिला दहार , सचिवमा सबु तिमलसिना र सह सचिव शुसिला लामाका साथ साथै सदस्यहरुमा गोमा कुमारी काफले , शान्ता कुमारी शर्मा , बम्बै कुमारी लामा , शान्ता घिमिरे , शुमित्रा कुमारी बर्तैला र बिनिता सुवेदी चुनिएका छन् ।

Breast Feeding Ads

कोल्हबी नगरपमलिका वडा नम्बर २ मा संचालन भएका श्री जय कालिका महिला दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड र श्री सुर्य ज्योती दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका छन् । साही संस्थाको ॠण समितीको संयोजकमा अप्सरा देवी मैनाली , सदस्यहरु शुमित्रा कुमारी बर्तैला र सरिता बिक त्यस्तै लेखा समितीको संयोजकमा कन्चन मैनाली , सदस्यहरु रिया मैनाली र कमला मल्ल ठकुरी शिक्षा समितीको संयोजकमा सबु तिमलसिना र सदस्यहरुमा रिता खडका र निर्माला कुमारी मैनाली रहनु भएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।