सुवर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले करिब चार घण्टा कार्यकक्ष मै घेराउ
सुवर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले करिब चार घण्टा कार्यकक्ष मै घेराउ
राजु चौरसिया
बारा- असोज २९ गते
बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई करिब ४ घण्टासम्म कार्यकक्षमा घेराउ गरिएको छ ।
बाराको सुवर्ण गाउँपालिका उपाध्यक्ष पुनम कुमारीको अगुवाईमा पांच जना वडाअध्यक्ष र तीन जना कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत पालकै कार्यकक्षमा करिब चार घण्टा सम्म घेराउ परेको छ । आव ०८० / ०८१ को गाउँ सभाबाट पारित भएको निर्णयको प्रमाणित प्रतिलिपी , रेडबुकको प्रमाणित प्रतिलिपी र बैठकबाट निर्णय भएको इन्धन खर्चको विवरण पटक पटक माग गरेपनि वकिल पाल दिन नमाने पछि उनलाई घेराउ गरिएको छ ।गाउँ सभाबाट पारित भएको निर्णयको प्रमाणित प्रतिलिपी रेडबुकको प्रमाणित प्रतिलिपी ,र बैठकबाट निर्णय भएको इन्धन खर्चको विवरण पछिल्लो समय देखि पटक पटक माग गरेपनि पालले नदिएपछि असोज २३ गते जिल्ला प्रशासन कार्यालयम उपाध्यक्ष पुनम कुमारीको अगुवाइमा ज्ञापन पत्र बुझाएको थियो ।तर जिल्ला प्रशासन कार्यालयबाट केही चासो नदिएको कारणले आज करिब चार घण्टा सम्म घेराउ परेको छ ।
सुवर्ण गाउँपालिकामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले छलफल गराउदैछ ।