सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी

0 0
Ads here
Read Time:2 मिनेट, 10 सेकेन्ड

चेरवन्त खबर डेस्क

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।

raining add

प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय ९उजुरी छानबिन एकाइ०मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त चेतावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या ज्यूँका त्यूँ छ ।

tamagadhi emergency add

प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बोली व्यवहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै तल्लो तहमा पुग्दैन । आधारभूत प्रशिक्षणका क्रममा तालिम केन्द्रहरूमा गुरुबा ९प्रशिक्षक०ले सिकाएको रुखो र तुच्छ भाषा तथा वरिष्ठ हाकिमले कनिष्ठ कर्मचारीलाई नियमित काम कारबाहीमा प्रयोग गर्ने बोली व्यवहार आफैँमा त्रुटिपूर्ण देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।