ढुक्क हुनुस् लाल बकैया नदीमा अब  देखि खोला तरेको पैसा तिर्न पर्दैन

0 0
Ads here
Read Time:2 मिनेट, 39 सेकेन्ड

चेरवन्त खवर डेक्स

रौतहटको सदरमुकाम गौर स्थितका कार्यालयहरुमा दैनिकी काम काज गर्न गराउन सेवाग्राही एवं कर्मचारीहरुलाई वर्ष भरी नै लाल बकैयामा ढुंगा वा डेंगी सवार भइ आवातजावत गर्न बाध्य बनेका ईशनाथ नगरवासीहरुलाई नगरपालिकाले डाईभर्सन निर्माणकार्य सम्पन्न गरेको छ।

raining add

tamagadhi emergency add

विगत दुई वर्षमा अप्रिय दुर्घटना ढुंगा पल्टिँदा लगभग २० जनाको नदीमा डुबेर ज्यान गुमाएका थिए। सो घटना पश्चताप नेपाली काङ्ग्रेसका नेता सुशील प्रसाद कोइराला प्रधानमन्त्री हुदा बखतमा लाल बकैया नदीमा पूलको शिलान्यास गरेका थिए तर १ दशक हुन लाग्दा पनि पुल निर्माणकार्य सम्पन्न भएको छैन। अहिले नेपाली काङ्ग्रेस पार्टी का प्रधानमन्त्री शेर बहादुर देउवा सरकार चलाईरहेका छन् ,आफ्नै पार्टी अग्रज नेताले शिलान्यास गरेकालाई अनुगमन पनि गर्न आएका छैन।

Breast Feeding Ads

Kolhabi Ads

ईशनाथ नगरवासीहरुले कयौ पटक पुल निर्माणकार्य सम्बन्धि डेलिकेसन बुझाए पनि सरकार कानमा तेल हालेर बसेको छ । समयै पुल निर्माणकार्य सम्पन्न नहुदा ईशनाथ नगरपालिका वासी वा आगन्तुकहरुलाई आवतजावत गर्न कठिनाई रहेको हुदा सो समस्या समाधानको लागि लाल बकैया नदीमा ८ वटा साइफन बम्माको डाइभर्सन निर्माण गरिएको ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताएका हुन् ।

लाल बकैया नदीमा डाइभर्सन निर्माण हुदा नगरवासीहरुलाई सहज आवातजावत गर्न आज सोमबार देखि सजिलो भएको छ तर यो भन्दा पहिला मोटरसाइकल सवारहरुले घटवारलाई प्रति मोसा ५० रुपैया तिर्न बाध्य बनेका थिए । सदरमुकाम गौरबाट ईशनाथ आउन ५ किलो मिटर दुरीको राजपुर पुल हुदै १५ किलो को दुरि जान बाध्यबाट छुटकारा भएको ईशनाथ नगरपालिकाको हाकिम नन्दकिशोर गुप्ताले बताएका हुन।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।