ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी नायब निरीक्षक महतो माथि भ्रस्टाचारको मुद्दा दर्ता

0 0
Ads here
Read Time:1 मिनेट, 58 सेकेन्ड

बारा जिल्लाको ईलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत प्रहरी नायव निरीक्षक पदमा कार्यरत विरेन्द्र महतो माथी भ्रस्टाचारको मुद्दा दर्ता भएको छ । महतो माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनु भयो ।

raining add

प्रहरी नायब निरिक्षक महतोले नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति हुँदा पेश गरेका प्रमाण पत्रहरुमा गलत मनसायका साथ आफैले जन्म मिति सच्याई पेस गरेर बढुवाका लागि सिफारिस गराउँदै आएको अख्तियारले जनाएको छ ।

tamagadhi emergency add


उनले बिभिन्न ब्यात्तितगत कागजातमा जन्म मिति सच्याएर राष्ट्रसेवकको ओहदा पाउने हैसियतले लाभ वा सुविधा लिई पदमा बहाल रहिरहने मनसाय राखी नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्यले सो कार्य गरेको अख्तियार का प्रवक्ता रिसालले बताउनु भयो ।

Breast Feeding Ads

Kolhabi Ads

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० मा परिभाषित कसूर गरेको पुष्टि भएकोले महतोलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐ. ऐनको दफा २९ को उपदफा २० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिम सजाय गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत समक्ष मागदाबी गरेको छ । हटलाइन दैनिकको सहयोगमा

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।