
पचरौता ८ मा तीन कोठे बर्थिङ सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न

सिकिन्द्र साह
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर आठ टोल अमरपटिमा तीन कोठे बर्थिङ सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुख रमेश कुमार यादवको प्रमुख अतिथिमा भएको कार्यक्रममा नगर प्रमुखले स्थानिय बासिन्दालाई बताउदै नेपाल सरकारले नगरपालिका घोषणा गर्न बितिकै पचरौतामा एउटा मात्र बर्थिङ सेन्टर बैनौलीमा थियो । तर जिर्न अवस्थामा थिए जनताबाट निर्वाचित भएर काम गर्न समाजमा आए बिभिन्न् चुनौतीहरुलाई समना गर्दै अहिले पाच औटा बर्थिङ सेन्टर संचालनमा ल्याएका छौ। र २४ औ घन्टा सेवा दिदै आइरहेको अवस्था छ। एउटा सुत्केरी गराउनको लागि पहिला सदरमुकाम जानू पर्थ्यो तर त्यहि काम आज आफ्नै पालिकामा भएको अवस्था छ। म पचरौता बासिको लागि सधै स्वास्थ र शिक्षामा ध्यान दिनको लागि खटेको छु। र खट्ने छु भन्ने बताएको थिए।

कार्यक्रममा जग्गा दाता हरिनारायण चौधरीलाई खादा औढाइ समानित गरिएको थिए। स्वास्थ संयोजक नवल प्रसाद यादव अनिल प्रसाद साह अनमि नेहा कुमारी ठाकुर बिज्याता चौधरी र बुधन राय यादव र समाजसेबि अखिलेस यादवको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थिए।