मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी

0 0
Ads here
Read Time:1 मिनेट, 40 सेकेन्ड

चेरवन्त खबर डेस्क

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

raining add

वीरगञ्ज महानगरपालिका वडा नं ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलीले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुबिना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेश गरेको कागजात समेत फर्जी रहेको दाबीसहित जाहेरी दर्ता गरेका हुन् ।

tamagadhi emergency add

रिता भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी कीर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताएका छन्।

Breast Feeding Ads

१२,८२७ दर्ता नं रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता तथा आश्वासन व्यक्त गरेको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु