राष्ट्रियसभाको बैठकमा मन्त्री भट्टराई आधादर्जन विधेयक पेश गर्दै

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 45 सेकेन्ड
Manakamana Gold

काठमाडौं : राष्ट्रियसभाको बैठकमा आज आधादर्जन विधेयकहरू पेश हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्नेछन्। बैठकमा गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संसोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको पारमाणविक विधेयकमाथि सदनमा छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्वाहाङ्फेले प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाति विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ। स्रोत थाहा खबर

Novel Corona Ads
Incidents Registration
0 0
Breast Feeding Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु